माघ २९ धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा १२ घर विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएका छन ।
घोडाघोडी नगरपालिका वडा नम्बर– ४ सिम्थरीमा ६ र वडा नम्बर ९ गोदनीमा ६ वटा आवास गरी १२ वटा घर निर्माण गरिएका हुन् । ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्क र घोडाघोडी नगरपालिकाको लागत साझेदारीमा उक्त आवास गृह निर्माण गरिएका हुन ।
सुरक्षित आवासमा दुईवटा पक्की कोठा र एक शौचालय रहेका छन । आवास निर्माणका लागि घोडाघोडी नगरपालिकाको ४२ लाख, ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्क नेपालको २४ लाख र जनश्रमदान नौ लाख पाँच हजार पाँच सय दुई रुपैयाँ खर्च भएको बताईएको छ ।
यसअघि पालिकाले वडा नम्बर ३ सृष्टिनगर मुक्त कमैया बस्तीका १२ घरपरिवारका लागि आवास निर्माण गरिसकेको छ ।
Post Views: 21