"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

ऐतिहासिक गर्भादरबारको संरक्षण गरौ

No data was found

Khabar Raftar

संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको ऐतिहाँसिक गर्भादरबार जीर्ण बन्दै गएको छ । कैलालीको चुरे गाउँपालिका वडा नम्बर–४ मा रहेको ऐतिहासिक महत्वको गर्भादरबारको संरक्षण गरी पर्यटनको विकास गर्न सकिने भए पनि सम्बन्धीत निकायको ध्यान जान सकेको छैन । छाना उप्किन थालेको दरबारको भित्ता पनि भत्किन थालेको छ ।

No data was found

झ्याल, ढोका सबै भत्किएका छन् । दरबारमा रहेका मूर्ति पनि चोरी भइसकेका छन् । पर्यटनको सम्भावना बोकेको दरबार खण्डहरमा परिणत हुँदा राष्ट्रको सम्पती नष्ट हुने भएको छ । गर्भादरबारको स्थानीय सरकार पुरातत्त्व विभाग जसले भए पनि संरक्षण र सम्बर्दन गर्न जरुरी छ । प्रदेश सरकारले दरबारको संरक्षणका लागी पहल थाल्न जरुरी छ ।

तत्कालीन राणा शासकहरूले पोत (कर) उठाउने र मुद्धदा मामिला मिलाउने उद्देश्यका साथ बनाएको गर्भादरबारको महत्व बुझेर समयमै यसको संरक्षण र सम्बर्दनमा ससम्बन्धीत निकायको ध्यान जान जरुरी छ । १९७९ मा शिलान्यास गरिएको र १९८४ मा बनाइएको गर्भादरबारको संरक्षण गर्न जरुरी छ । ८३ झ्याल र ५३ वटा ढोका रहेको तीन तले दरबारको पर्खालमा मासको गारो लगाईएको र जापानबाट ल्याइएको जस्तापाताले छाएको छ ।

जीर्ण भइसकेको दरबारको पुर्ननिमार्ण गर्न जरुरी छ । पुरातत्त्व विभागले आफै संरक्षण गर्ने भए पनि समयमै गर्न जरुरी छ । होईन भने प्रदेश सरकारलाई काम गर्न दिन जरुरी छ । गर्भा दरबारलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न जरुरी छ । दरबारसम्म सडक यातायातको पहुँच भएकाले पर्यटन व्यवसाय फस्टाउन सक्ने देखिएको छ ।

गर्भा दरबारसम्म विद्युत् विस्तारको काम पनि भईरहेको छ । २०३३ साल देखि मान्छे बस्न छोडेको दरबारको २०५७ सालबाट स्याहार, सम्भार हुन छोडेको छ । दरबारको १३ रोपनी जग्गा सहित ऐतिहासिक गर्भादरबारको संरक्षण गर्न जरुरी छ ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ