माघ २५ बाजुरा । बाजुराको गौमुल गाउँपालिकाले युवाहरुलाई स्वरोजगार बनाउन फर्निचर सम्बन्धी तालिम सञ्चालन गरेको छ । सीप सिकाएर स्वरोजगार बनाउँने उद्देश्यले गाउँपालीकाले फर्निचर तालिम सञ्चालन गरेको हो । गाउँपालिकाको आयोजनामा मध्यम अवधिको व्यवसायीक फर्निचर तालिम १ र २ नम्बर वडामा सञ्चालन गरिएको गाउँपालिका उद्यम विकास शाखाका प्रमुख अमृत साउँदले जानकारी गराए ।
गाउँकै दक्ष सहजकर्ता मार्फत काठका विभिन्न समाग्री बनाउँने तालिम सञ्चालन गरिएको उनले जानकारी गराए । चालु आर्थिक वर्षको सिप विकास कार्यक्रम अन्र्तगत वडा नम्बर.२ का १६ जना बेरोजगार युवालाई मध्यम अवधिको र वडा नंम्बर १ का १० जनालाई पुर्नताजकीय फर्निचर सम्बन्धी तालिम अञ्चालन गरिएको साँउदले जानकारी गराए ।
तालिम १ महिना सम्म सञ्चालन हुने उनले बताए । तालिम अवधिभर सहभागिहरुलाई टेबल, बेन्च, खाट, दराज, झ्याल तथा ढोका लगायतका सामाग्री निर्माण गर्न सिकाईने उनले बताए । उनीहरुलाई रन्दा, आरी, छिना, ह्याम्मर, स्केल लगायत निर्माण गर्न आवश्यक पर्ने सामाग्री समेत प्रदान गरिएको बताउदै उनले सामानको माग पनि गाउँमा बढिरहेको बताए ।
प्रशस्त मात्रामा काठ पाईने भए पनि गाउँमै गुणस्तरीय फर्निचर निर्माण गर्ने सक्ने दक्ष मान्छे नहुँदा बाहिर निर्माण गर्ने गरेको उनले बताए । सबै प्रकारका फर्निचरका सामाग्री निर्माण गर्न सक्ने व्यक्ति उत्पादन गर्न तालिम सञ्चालन गरिएको वडा नम्बर.२ का वडाध्यक्ष देव बहादु रोकयाले बताए ।
आत्मनिर्भरसंगै व्यवसायीक बनाउन तालिम सञ्चालन गरिएको वडा नम्बर १ का वडाध्यक्ष देबेन्द्र बहादुर रोकायाले बताए । तालिममले रोजगारी सिर्जना हुने विश्वास गरिएको बताउदै उनले वडा नम्बरं.२ मा रहेको दहकोट माध्यामीक विद्यालयमा र वडा नम्बर १ को अम्लिसमा तालीम बसञ्चालन गरिएको बताए ।