"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै

No data was found

Khabar Raftar

माघ २५ धनगढी । संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भादरबार जीर्ण बन्दै गएको छ । कैलालीको चुरे गाउँपालिका वडा नम्बर–४ मा रहेको ऐतिहासिक महत्वको गर्भादरबार संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो । छाना उप्किन थालेको दरबारको भित्ता पनि भत्किन थालेका छन भने झ्याल, ढोका सबै भत्किएका छन् । दरबारमा रहेका मूर्ति पनि चोरी भइसकेका छन् । पर्यटनको सम्भावना बोकेको दरबार खण्डहरमा परिणत भएको छ ।

No data was found

चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले गर्भादरबारको पुरातत्त्व विभागले संरक्षण गर्ने आश्वासन दिएको जानकारी गराए । प्रदेश सरकारले दरबार घेरबारका लागि १० लाख बजेट दिएको जानकारी गराउदै घेरबार गरिने बताए । मर्मत गर्न नमिल्ने बताउदै उनले सिमेन्टले छुन पनि नहुने बताए । तत्कालीन राणा शासकहरूले पोत (कर) उठाउने र मुद्धदा मामिला मिलाउने उद्देश्यका साथ गर्भादरबार बनाएको बुझिएको बताउदै उनले ९७ वर्ष पुरानो दरबार २४ वर्ष देखि प्रयोग विहीन हुँदा जीर्ण बन्दै गएको बताए ।

स्थानीयका अनुसार १९७९ मा शिलान्यास गरिएको दरबार १९८४ मा बनाइएको थियो । दरबार बनाउन पाँच वर्ष लागेको बताईएको छ । दरबारमा ८३ झ्याल र ५३ वटा ढोका रहेका छन् । तीन तले दरबारको पर्खालमा मासको गारो लगाईएको थियो भने, जापानबाट ल्याइएको जस्तापाताले छाइएको छ । जीर्ण भइसकेको दरबार भत्काएर बनाउनका लागि सुदूरपश्चिम प्रदेश सरकारले २० करोड रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएको जनाइएको छ । तर, पुरातत्त्व विभागले अनुमति नदिँदा काम नहुने भएको छ ।

गाउँपालिकाका अध्यक्ष बोगटीले विभागले आफै संरक्षणको काम गर्ने बताएको जानकारी गराए । प्रदेश सरकारले गर्भा दरबारलाई पर्यटकीय स्थल बनाउन खोजेको थियो । त्यसका लागि पुरानो संरचनालाई भत्काएर पहिलेको जस्तै नयाँ दरबार बनाउने योजना बनाइएको भए पनि विभागले रोकेको बताईएको छ । दरबारसम्म सडक यातायातको पहुँच भएकाले पर्यटन व्यवसाय फस्टाउन सक्ने उनले जानकारी गराए ।

गौरीगङ्गा नगरपालिका वडा नम्बर–१ चौमाला हुँदै गर्भा दरबार सम्म पुग्ने बाटो बनिसकेको बताउदै उनले वडा नम्बर ४, २ र १ हुँदै बाटो पालिकाको सदरमुकाम सहजपुरमा पनि जोडिएको बताए । दुईतिरबाट गर्भा दरबारसम्म पुग्न सकिने जानकारी गराउदै उनले विद्युत् विस्तारको काम पनि भईरहेको बताए । विक्रम सम्वत् २०३३ साल देखि दरबारमा मान्छे बस्न छोडेको उनले जानकारी   गराए । त्यसपछि हुलाक र गाउँविकास समितिको कार्यालय राखिएको उनले जानकारी गराए ।

तत्कालीन १० वर्षे द्वन्द्वको क्रममा हुलाक र गाउँविकास समितिको कार्यालयमा आगजनी भएपछि कुनै पनि प्रयोजनार्थ दरबार उपयोग नभएको उनले जानकारी गराए । २०५७ सालबाट दरबारको स्याहार, सम्भार हुन छोडेको बताउदै उनले दरबारको १३ रोपनी जग्गा मध्ये आधा स्थानीय बस्नेत निम्न माध्यमिक विद्यालय र आधा वडा कार्यालयको नाममा रहेको जानकारी गराए ।

दरबारको पुनः निर्माणको काम नभए पछि खण्डहरमा परिणत हुदै गएको बताउदै उनले आर्थिक वर्ष २०७७÷७८ मा पनि प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी गराए । दरबार सुरुमा श्रीबहादुर शमशेर दरबारको नामले चिनिएको बताइने गरेको उनले जानकारी गराए । खैरालाको भर्गा भन्ने स्थानमा रहेकाले पछि मात्रै यसको नाम गर्भा दरबार राखिएको उनले जानकारी गराए । दरबार खडक शमशेरले बनाए पनि राणाहरूले अंशबन्डा गर्दा गर्भा दरबार लेफ्टिनेन्ट जर्नेल बहादुर शमशेरको स्वामित्वमा आएको बताइईन्छ ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ