माघ २५ धनगढी । दुई बर्षकी छोरी सहित कैलालीकी मीरा मृत अबश्थामा भेटिएकी छिन । बहीबार साँझ कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ११ की २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी मृत अबश्थामा भेटिएकी हुन ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्र सिंह बोहराले २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी गोठमा मृत अवस्थामा भेटिएको जानकारी गराए । दुवै जना बिहीबार साँझ साढे ७ बजे घरमै झुन्डिएको अवस्थामा मृत अबश्थामा भेटिएको उनले जानकारी गराए ।
मृतकका आफन्तले झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको उनले बताए । मृतकका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा रहेको बताइएको छ ।
मृतक दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको जानकारी गराउदै उनले घटनाबारे अनुसन्धान भइरहेको जानकारी गराएका छन ।
Post Views: 19