"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

ठेकेदारको लाफरबाहीका कारण सुर्मीनाला मोटरेबल पुल अलपत्र

Khabar Raftar

माघ २५ धनगढी । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ३ स्थित सुर्मीनाला मोटरेबल पुल ठेकेदारका कारण अलपत्र परेको छ । निर्माण कम्पनी थेगिन कन्स्ट्रक्सन कम्पनीको चरम लापरबाहीका कारण पुल अलपत्र परेको हो । पुल निर्माणका लागि पूर्वाधार कार्यालय कैलाली र थेगिन कन्स्ट्रक्सन बिच डेढ वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी २०७७ साल साउन १८ गते सम्झौता गरिएको थियो । सम्झौता अनुसार निर्माण कम्पनीले २०७८ पुस १८ गतेभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने भए पनि ४ वर्ष बितीसक्दा पनि पुल निर्माणको काम अलपत्र परेको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

पुल अलपत्र छोडेर निर्माण कम्पनी भागेको स्थानीयले बताएका छन् । स्थानीय फागुराम चौधरीले निर्माण कार्य छोडेर कम्पनी भागेको बताए । उनले केही समय अगाडि कामदारहरू काम गर्न आएको बताउदै कामदारहरुको ज्याला भुक्तानी नभए पछि कामदारहरू काम गर्न छोडेर गएको उनले बताए । पक्की पुल निर्माणस्थलमा यसअघि स्थानीयवासीले आवत जावतको लागि काठे पुल बनाएको बताउदै उनले सोही काठे पुलमार्फत बर्षौसम्म गुजारा चलाएको बताए ।

काठे पुल विस्थापन गर्न सुदूरपश्चिम प्रदेश सरकार मातहतको पूर्वाधार कार्यालयले पुल निर्माणका लागि ४ करोड ९६ लाख ९१ हजार ४ सय ९३ रुपैयाँ बजेट सहित थेगिन कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरिएको थियो । हालसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयवासीले सास्ती खेप्नु परेको स्थानीय गीता चौधरीले बताईन । पानी परेपछि हिँड्नै नसकिने बताउदै उनले बर्षातमा आएको बाढीले पुल नहुँदा एक घण्टाको घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता रहेको बताईन ।

खोला वारी र पारी बरकामुराका साथै अन्य गाउँहरू पर्ने बताउदै उनले वारिका स्थानीयवासीको खेतबारी खोला पारी भएको र खोला पारीका स्थानीयको खेतबारी वारी भएको बताईन । उनीहरूले खेतबारीको कामसहित दैनिक जीवन यापनका लागि त्यही बाटो प्रयोग गर्नुपर्ने बताउदै उनले पुल नबन्दा स्थानीयले सास्ती खेप्नु परेको बताईन । पुल समयमा नबनेपछि स्कुले बालबालिका समेत अप्ठेरोमा परेको उनले बताईन ।

जोखिम मोलेर त्यो बाटो प्रयोग गर्नुपर्ने बताउदै उनले एक घण्टाको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने   बताईन । हसुलिया बजारमा रहेको विद्यालयमा अध्ययनरत खोला पारी घर भएकी बरकामुराकी दुर्गा चौधरीले पुल नबन्दा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको बताईन । पूर्वाधार विकास कार्यालय धनगढीका प्रमुख रामचन्द्र खत्रीले पनि निर्माण व्यवसायीको काम गर्ने नियत राम्रो नभएको बताए । पटक–पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले काम नगर्दा समस्या भएको बताउँदै खत्रीले अझै काम नगरे सम्झौता रद्द गर्ने अवस्था आउने बताए ।

भर्खरै

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण
नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने
जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता
बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए
नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने
अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार
चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ
ट्यांकरले ठक्कर दिदा गोदावरीकी युवतीको मृत्यु
टीकापुरमा रहेको गौशालामा चौपायालाई खुवाउने आहाराको अभाव

धेरै कमेन्ट गरिएको

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

a

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

bbb

नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने

11

जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता

a

सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता

11

बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए

Capture

नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने

pree

अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 100

चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ