माघ ११ धनगढी । भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले पदभार ग्रहण गरेका छन । भूमि सम्बन्धी समस्या समाधान आयोग कैलालीका अध्यक्ष उपाध्यायले शुक्रवार देखि कार्यभार समालेका हुन ।
उपाध्यायले कैलालीमा अधुरो रहेको भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान हुने बताएका छन । नेपाली काँग्रेस र एमाले सहितको सरकारले भूमि सम्बन्धी अध्यादेश ल्याएको छ । उक्त अध्यादेश मार्फत कैलालीको समस्या समेत समाधान हुने उनले बताए ।
उपाध्याय दोस्रो पटक कैलाली जिल्लाको अध्यक्ष नियुक्त भएका हुन । पूर्ण टिम अझै तयार नभएको भए पनि कैलालीका स्थानीय तहहरूले सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरूको तथ्याङ्क सङ्कलन तथा जग्गाको नाप–जाँचको काम गर्ने बताईएको छ । कैलालीमा ६० प्रतिशत जग्गा नाप जाँचको काम पूरा भएको दाबी गरिएको छ ।
पदभार ग्रहण कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, प्रदेश सभा सदस्य मान बहादुर रावल, प्रदेश सभा सदस्य विक्रम धामी, एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुङ्गाना र कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन प्रसाद हमाल लगाएतको सहभागिता रहेको थियो ।