"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बझाङका १२ मध्ये सात वटा पालिकामा आफ्नै भवनबाट सेवा प्रवाह

No data was found

Khabar Raftar

माघ १० बझाङ । बझाङका सात वटा पालीकामा आफ्नै भवनबाट सेवा प्रबाह हुँदै आएको छ । १२ वटा स्थानीय तह मध्ये बझाङका सात वटा पालीकामा आफ्नै भवनबाट सेवा प्रबाह हुँदै आएको हो ।

तलकोट गाउँपालिका, बुंगल नगरपालिका, जयपृथ्वी नगरपालिका, थलारा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका,छविसपाथिभेरा गाउँपालिका र विथ्थडचिर गाउँपालीका गरी ७ वटा गाउपालीकाले आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह गर्दै आएका हुन ।

त्यसैगरी सुर्मा गाउँपालिका, साईपाल गाउँपालिका,मष्टा गाउँपालिका,दुर्गाथली गाउँपालिका र केदारस्युँ गाउँपालिका गरी ५ वटा गाउँपालीकाका भवनहरु निर्माणधिन र प्रकृयामा रहेको बताइएको छ । विथ्थडचिर गाउँपालिकाले बुधबार मात्रै प्रशासकीय भवनको उद्घाटन गरेर सेवा प्रबाह सुरु गरेको    छ । विथ्थडचिर गाउँपालिकाका अध्यक्ष अम्मर सिहँ महरले औपचारीक कार्यक्रमका विच नव निर्मित प्रशासकीय भवनको उद्घाटन गरेका छन ।

नव निर्मित चार तले प्रशासकीय भवनको उद्घाटन पश्चात नागरीकलाई सेवा प्रवाह गर्न निकै सजिलो भएको कार्यक्रममा सहभागी नागीकहरुले बताएका छन् । २०७९ जेठमा ए.एम.किनारा जेभिले ५ करोड ६५ लाखमा ठेक्का पाएको प्रशासकिय भवनको समयमा निर्माण कार्य सम्पन्न नभएपछि समय थप गरेर भवन निर्माण कार्य सम्पन्न भएको हो ।

भवन अभावका कारण एउटै कोठामा ४ वटा शाखाहरु राखेर सेवा प्रवाह गर्नु परेको अबश्थामा भवन निर्माण भएपछी सेवा दिनका लागी सहज भएको प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्यायले बताए ।

पहिला भवन नहुँदा सेवा लिन आएका नागरीकहरु पनि अलमलमा पर्ने गरेको बताउदै उनले नयाँ भवनबाट सेवा प्रभाह हुन थालेपछी सेवा ग्राहीहरुलाई सहज भएको बताए । पहिला भन्दा सेवाग्राहीहरुको काम पनि छिटो र छरीतो हुनेमा आफु विश्वश्त भएको प्रमुख प्रशासकीय उपाध्याले बताए । नव निर्मित प्रशासकीय भवनको उद्घाटन समारोहको अवसरमा पालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी मिलेर डेउडा समेत खेलेका थिए ।

कार्यक्रममा बोल्दै विथ्थडचिर गाउँपालिकाकी उपाध्यक्ष धनलक्ष्मि सिहँले पालिकाबाट दिईने सेवाहरु सहज रुपमा प्रवाह गरिने बताईन । उनले भवन निर्माणकार्य सम्पन्न भएपछि नयाँ भवनबाट सेवा प्रवाह गर्दा सहज भएको बताईन ।

जनप्रतिनिधी एक्लैले केही गर्न नसक्ने बताउदै उनले काम कति भएको छ ? भन्ने कुराको अवलोकन र मुल्याङ्कन आम नागरिक गर्नु पर्ने बताईन । गाउँपालिकाका अध्यक्ष अमर सिहँ महरले सेवा लिन आउँदा कुर्नै पनि सेवाग्राहीहरुले लाईनमा बस्न नपर्ने, अलमलिन नपर्ने बताए ।

पालिकाको विकासका लागी अहोरात्र खटीरहेको बताउदै उनले पालिकाको सिमित बजेटका कारण नागरीकले अपेक्षा गरे अनुसार काम गर्न नसकिएको बताए । माथिल्लो निकाय प्रदेश सरकार र संघिय सरकारलाई बजेटको माग गर्दै आएको र बजेट भनेजती प्रदेश र संघिय सरकारले विनियोजन नगर्ने भएका कारण सोचे जती विकास गर्न नसकेको उनले बताए ।

आम नागरीकका अति आवश्यक कामहरु पालिकाले गर्दै आएको बताउदै उनले सडक, खानेपानी, स्वास्थ्य, शिक्षा लगायत कार्यलाई प्राथमिकतामा राखेर काम गरी रहेको बताए । आफुलार्ई कुनै पनि दलको रुपमा नहेरी पालिकाको अभिभावक तथा अध्यक्षका रुपमा मात्रै बुझी दिन उनले आग्रह गरेका छन ।

भवन निर्माण गर्नका लागी सहयोग गर्नु हुने सम्पूर्ण मजदुर कर्मचारी र जनप्रतिनिधीलाई धन्यबाद ज्ञापन गर्द उनले काम गर्ने कर्मचारीको पक्षमा र जन्ताको पक्षमा काम गर्न नमान्ने कर्मचारीका विरुद्धमा उभिने उनले बताए ।

काठमान्डौ बस्ने गरेको गुनासो आउने गरेको बताउदै उनले आफु काठमान्डौ बसे पनि संघिय सरकारबाट राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम मार्फत भवन, ८० करोडको विद्युत, झोलुङगेपुल , खानेपानी जस्ता योजनाका लागी बजेट विनियोजन गरेको बताए ।

भर्खरै

सरकारको असल कार्यको स्वागत गरौ
मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक
महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन
चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित
कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण
कैलालीको स्याउले बजारमा माघ ३ गते खिचडी कार्यक्रम गरिने
 भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैदको सजाय

धेरै कमेन्ट गरिएको

सरकारको असल कार्यको स्वागत गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

सरकारको असल कार्यको स्वागत गरौ

InShot_20260113_170453906-scaled

मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक

karidor

महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने

bida

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

WhatsApp Image 2026-01-13 at 17.30.36

धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन

48431512-2590-49c7-a351-ccd732a62225

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान

download

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित

hhh

कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण