माघ १० बैतडी । बैतडीको सिगास गाउँपालिकाका १५ वटा माध्यमिक विद्यालयहरुको शैक्षिक गुणस्तर परीक्षणको काम सकेर स्थानीय तहलाई प्रतिवेदन बुझाइएको छ ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रका विज्ञहरुले परीक्षणको काम सकेर सिगास गाउँपालिकालाई प्रतिवेदन बुझाएका हुन । सिगास गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेशप्रसाद भट्टले परीक्षण केन्द्रका विज्ञहरुले विद्यालयहरुको शैक्षिक गुणस्तर परीक्षण गरेर पालिकालाई प्रतिवेदन बुझाएको जानकारी गराएका हुन ।
प्रतिबेदनमा १२ ओटा विद्यालयको नतिजा मध्यम र ३ ओटा विद्यालयको नतिजा सामान्य रहेको उल्लेख गरिएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रका २ जना विज्ञले झण्डै एक महिना लगाएर सिगासका विद्यालयहरुको शैक्षिक गुणस्तर परीक्षण गरेका हुन् । सिगास गाउँपालिकाको उदय माध्यामीक विद्यालय चुवागन्सुरले ५७.१५ प्रतिशत अंक पाएको छ ।
प्रतिवेदन अनुसार लेकलुपण माध्यामीक विद्यालयले ७७.५ प्रतिशत, बालकृष्ण माध्यामीक विद्यालय न्वाघरले ६६.२ प्रतिशत, गणेश माध्यामीक विद्यालय लेकमबस्तीले ६८.९२ प्रतिशत, भूमीराज माध्यामीक विद्यालय थलाले ७५ प्रतिशत, महादेव माध्यामीक विद्यालय काँडाले ७२.७४ प्रतिशत, भुवनेश्वरी माध्यामीक विद्यालय खैरकोटले ७५.०४ प्रतिशत र शारदा माध्यामीक विद्यालय ढुंगाडले ७२.५७ प्रतिशत अंक प्राप्त गरेका छन् ।
त्यसैगरी अर्जुन माध्यामीक विद्यालय गाँजरीले ८५ प्रतिशत,सिगास माध्यामीक विद्यालय रक्सौनले ७८ प्रतिशत,शिवलिंग माध्यामीक विद्यालय बरगधौलाडीले ७८ प्रतिशत, पञ्चोदय माध्यामीक विद्यालय इरानाले ७७ प्रतिशत,नरेन्द्रपुर माध्यामीक विद्यालय बचकोटले ७६ प्रतिशत, शिव माध्यामीक विद्यालय गडतोलाले ७४ प्रतिशत र भुवनभाष्कर माध्यामीक विद्यालय चमडेखर्कले ७४ प्रतिशत अंक प्राप्त गरेका छन् ।
सिगास गाउँपालिका भित्र रहेका विद्यालयहरुको शैक्षिक गुणस्तर मापनका लागि शैक्षिक गुणस्तर परीक्षण केन्द्रका दुई जना विज्ञ टेकबहादुर ओली र हर्कबहादुर ओली खटिएको बताईएको छ ।