"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीमा नेपाल–भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु

No data was found

Khabar Raftar

माघ ०४ धनगढी । नेपाल–भारत सीमामा रहेका सीमा स्तम्भको रंगरोगन तथा मर्मतकार्य कैलाली जिल्लाबाट सुरु भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल सहित सुरक्षा निकायका प्रमुख र भारतीय सीमा सुरक्षा बल (एसएसबी) का असिस्टेण्ट कमाण्डरको उपस्थितिमा बिहीबार देखी सीमा स्तम्भको रंगरोगन तथा मर्मत कार्य सुरु गरिएको हो ।

नेपाल र भारत बीचको समझदारी अनुसार, बिजोर नम्बरका सीमा स्तम्भको मर्मत नेपालले र जोर नम्बरका सीमा स्तम्भको मर्मत भारतले गर्ने जिम्मेवारी रहेको छ । सोही अनुसार नेपालले पहिलो दिन टीकापुर नगरपालिका वडा नम्बर–८ खक्रौलास्थित ७०३÷२ नम्बर स्तम्भमा रंगरोगन गरेको हो ।

कार्यक्रममा पमुख जिल्ला अधिकारी हमालले सीमा स्तम्भलाई दुरुस्त राख्दै सीमा अपराध नियन्त्रणका लागि दुबै देशका सुरक्षाकर्मीबीच सहकार्य आवश्यक रहेको बताए । उनले लागुऔषध रोकथाम र अपराध नियन्त्रणका लागि सीमा सुरक्षा बलले एकीकृत रूपमा काम गर्नुपर्ने बताए ।

सशस्त्र प्रहरी बल, ३४ नम्बर गण कैलालीका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेले नेपालले जिम्मा पाएका २५ प्रतिशत भन्दा कम क्षति भएका स्तम्भहरूको मर्मत र सबै स्तम्भको रंगरोगन एक हप्ताभित्र सम्पन्न गरिने बताए ।

टीकापुर नगरपालिका वडा नम्बर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले ७००, ७०५, र ७०७ नम्बरका स्तम्भ बाहेक अन्य स्तम्भ कर्णाली र मोहना नदीले बगाएको बताए । हराएका ७०४ नम्बरका स्तम्भ निर्माणका लागि पहल गर्नुपर्ने उनले बताए ।

कैलालीभरी १०१ सीमा स्तम्भको मर्मत र रंगरोगन गरिने कार्यक्रम रहेको उनले बताए । उद्घाटन कार्यक्रममा सीमा क्षेत्रका वडाध्यक्षहरू, जिल्ला सुरक्षा समिति, र भारतीय सुरक्षा बलका प्रतिनिधिहरूको उपस्थिति रहेको बताईएको छ ।

भर्खरै

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो
कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन
डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न
तिङ्कर नाका खुला र नियमित बनाउन माग
बैतडीमा पनि २८ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp-Image-2026-01-16-at-12.19.09

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

1583820423-1024x512

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

f174913f-8e08-4868-b5ba-2059802432f6

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Untitled-46

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

Untitled design_7

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

Death-body-900px

कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

2

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए

OIP

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न