माघ ०३ धनगढी । धनगढी उपमहानगरपालीकाका दलित महिला जनप्रतिनिधिहरुको साझा मञ्चको नियमीत बैठक सम्पन्न भएको छ । माघ ४ गते धनगढी उपमहानगरपालीकाका महिला जनप्रतिनिधिहरुको साझा मञ्चको नियमीत बैठक सम्पन्न भएको हो ।
दलित तथा दलित महिलाहरुका सवाल तथा समस्याका पक्षमा वकालात र पैरवी गरी उनीहरुको मानव अधिकार लैङगीक तथा सामाजीक न्याय स्थापनाका लागी कार्यरत हुने र महिलाबाद अभियान सञ्चालनका लागी पहल गर्ने उदेश्यले गठन गरिएको मञ्चले दलित महिला जनप्रतिनिधिहरुको क्षमता विकासका लागी कार्य गर्दै आएको छ ।
धनगढी उपमहानगरपालीका वडा नम्बर ५ की दलित महिला सदस्य माया तामा्रकारको अध्यक्षतामा सम्पन्न बैठकमा दलित महिला संघ फेडोकी केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष अँिवका ताम्राकारले दलितका सवालमा जनप्रतिनिधिहरुले आवाज उठाउनु पर्ने बताईन । उनले पहिले भन्दा अहिले दलित महिला जनप्रतिनिधिहरुको क्षमता अभिबृद्धी भएको बताउदै अझै क्षमता विकास गर्दै समुदायका पक्षमा काम गर्नु पर्ने बताईन ।
त्यसैगरी दलित महिला संघ फेडोका कार्यक्रम संयोजक विनोद घिमीरेले निति, बजेट र कार्यक्रमको बारेमा जानकारी गराउदै दलितका सवालहरु नीतिमा समाबेश गर्नुका साथै बजेट छुट्याएर कार्यक्रम गर्न जनप्रतिनिधिहरुले अहम भूमीका खेल्नु पर्ने बताए । समग्र विकासको अबरोध जातीय तथा लैङगीक विभेद भन्ने मुख्य नारा रहेको स्थानीय तहका महिला जनप्रतिनिधिहरुको साझा मञ्चको नियमीत बैठकमा मह्त्वपूर्ण छलफल गरिएको जानकारी गराउदै उनले सहभागीहरुले गर्नसकेका कामहरुको बारेमा जानकारी गराएको बताए ।
बैठकमा सहभागी धनगढी उपमहानगरपालीका वडा नम्बर ५ की दलित महिला सदस्य माया ताम्रकारले दलित महिलाहरुका लागी १ लाख बजेट छुट्याईएको बताईन । त्यसैगरी ६ जनालाई होटल म्यानेजमेन्ट पढाउन सहयोग गर्नुका साथै ६ जना दलितलाई कम्बल सहयोग गरेको बताईन । त्यसैगरी कार्यक्रमा सहभागी अन्य दलित महिला सदस्यहरुले बजेट विनीयोजन देखि हरेक सवालमा दलितका मुद्धाहरु समेटन सफल भएको बताएका छन ।
अझै घेरै गर्न बाकी रहेको बताउदै उनीहरुले जातीय विभेद विरुद्धका सवालमा आवाज उठाउदै आएको बताएका थिजए । दलितका अधिकारहरु निति नियममा समाबेश गर्न मञ्चले महत्वपूर्ण भूमीका निर्बाह गरेको उनीहरुले बताएका छन ।
दलितका सवालमा दलित जनप्रतिनीधिहरुले आवाज बुल्न्द गर्दै आउनुमा दलित महिला संघ फेडोको महत्वपूिर्ण सहयोग रहदै आएको उनीहरुले बताएका छन । दलित विकास समिति गठन देखि अन्य कामहरु गर्न दलित संघसंस्था र दलित अगुवाहरुले महत्वपूर्ण भूमीका खेल्नु पर्ने समेत उनीहरुले बताएका छन ।