पौष २९ बाजुरा । बाजुरामा भीरबाट लडेर गम्भीर घाइते भएकी बालिकाको मृत्यु भएको छ । शनिवार भीरबाट लडेर घाईते भएकी गौमुल गाउँपालिका वडा नम्बर–५ कोटकी १६ वर्षीय विष्णुमाया रोकायाको मृत्यु भएको हो ।
घाइते विष्णुमायालाई उपचारका लागि नजिकैको घटमुना अस्पताल पु¥याइएकोमा चिकित्सकले बाहिर लैजान सुझाव सहित रिफर गरिदिएका भए पनि आर्थिक अभावका कारण अस्पतालमै राखेको अबश्थामा उनको मृत्यु भएकोहो ।
उपचारमा संलग्न डाक्टर कुश नेपालीले सिटी स्क्यान पछि उपचार गर्न सहज हुने भएकाले रेफर गरेको बताउदै आर्थिक अभावको समस्याका कारण आफन्तले बाहिर लैजान नसकेको बताए ।
स्थानीय र जनप्रतिनिधि सहित कर्मचारीले लगत्तै एक लाख सम्म जोहो गरिसकेको बताउदै उनले बिरामीसँगै जाने मान्छे समेत नभेटिएको बताए । मृतकका बुवा भारतमा रहेको र आमाले जान आँट नगरेको उनले बताए ।
आफन्त कोही जान तयार नभएको बताउदै उनले शनिवार थप उपचारका लागि धनगढी रिफर गरे पनि नलगिए पछि बचाउन नसकिएको जानकारी गराए ।