"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

भ्यूटावर निर्माणका लागी सामाग्री बोकेका ट्याक्टरले पैदल मार्ग भत्कायो

Khabar Raftar

पौष २८ धनगढी । कैलालीको घोडाघोडी तालमा भ्युटावर निर्माणका लागी सामाग्री बोक्ने ट्याक्टरलाई पैदल मार्गबाट हिडाउदा पैदल मार्ग भत्किएको छ । आर्थिक बर्ष २०७७÷२०७८ मा करिब एक करोडको लगानीमा पर्यटन मन्त्रालयद्वारा टेन्डर मार्फत पर्यटन बिभागले घोडाघोडी ताल क्षेत्रमा निर्माण गरेको पैदलमार्गमा भ्युटावर निर्माणका लागी सामाग्री बोक्ने ट्याक्टरलाई हिडाउदा भत्किएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

सघिय सरकारको पर्यटन मन्त्रालयको पर्यटन बिभागले तीन करोड १३ लाख ७३ हजार ९ सय ४५ रुपैया ३३ पैसा बराबरको लगानीमा धर्तीमाता बि के कालिका जे सि निर्माण कम्पनीले निर्माण गर्ने भ्युटावर निर्माणका लागी समानहरु बोकने क्रममा भत्किएको भए पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

घोडाघोडी ताल क्षेत्रको मध्यवर्ती क्षेत्रमा निर्माण गरिन लागिएको भ्युटावर आउदो २०८२ जेठ मसान्त सम्म निर्माण गरि सक्नु पर्ने गरी सम्झौता गरिएको बताउदै निर्माण कम्पनीका प्रमुख प्रकाश ढुंगानाले इडिबि मार्फत टेन्डर पाएको जानकारी गराए ।

इन्टरलग टायल लगाएर निर्माण गरियको पैदल मार्गमा भ्युटावर निर्माण लागि निर्माण सामग्री बोकिरहेका ट्याक्टर पैदल मार्गबाट हिडाउदा सम्रचना भत्किएको भए पनि नियमित अनुगमन गर्नुपर्ने सरोकारवाला निकाय घोडाघोडी नगरपालिका पैदल मार्गका सरचना भत्किएको विषयमा बेखबर रहेको हो ।

त्यसैगरी डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख रामचन्द्र कडेलले पनि घोडाघोडी तालमा निर्माण हुँदै गरेको भ्युटावर बारेमा बेखबर रहेका छन् । घोडाघोडी नगरपालिकाले निर्माण गरिएको घोडाघोडी बिकास १० बर्षे गुरुयोजनामा तोकिएको भन्दा फरक स्थानमा भ्युटावर निर्माण गर्न लागिएको छ ।

गुरुयोजनामा निर्माण स्थल तोकिएको ठाउँमा बिकासका पूर्बाघार बनाउदा वातावरणीय प्रभाव मूल्यांकन बारे पहिलेनै अध्ययन गरिएकाले पुन अध्ययन गर्न नपर्ने १० बर्षे गुरुयोजनामा उल्लेख गरिएको छ । टावर निर्माणाधीन ठाँउ फरक भएकाले वातावरणिय प्रभाव मुल्यांकन अध्ययन आई ई र्ई गरिनु पर्ने भए पनि निर्माण कम्पनीले भने कुनै प्रक्रिया पुरा नगरेको पाईएको छ ।

सघिय मन्त्रालयले निर्माण गर्न लागेको भ्युटावर निर्माणका लागि डिभिजन वन कार्यलयलाई कुनै पनि जानकारी नभएको ,भोगा अधिकारको बारेमा पनि कुनै जानकारी नभएको डिभिजन वन कार्यलय पहलमानपुरका प्रमुख कडेलले बताए ।

निर्माणाधीन भ्युटावरको वातावरण प्रभाव मूल्यांकन अध्ययन आइ इ इ अध्ययन , जमिनको भोगा अधिकारको बारेमा जानकारी नभएको निर्माण कम्पनीले नगरेको निर्माणको जिम्मा पाएका ढुंगानाले बताए ।

सघिय मन्त्रालय पर्यटन मन्त्रालयको पर्यटन बिभाग बाट नै निर्माण भएका सरचना भत्किएको विषयर्मा घोडाघोडी नगरपालिकाका प्रमुख खडक बहादुर रावतले निर्माण गर्दा पहिले बनाएका सरचना भत्काउन नहुने बताउदै आफू काम विशेषले बाहिर रहेकाले स्थलगत अनुगमन नियमन गर्न नसकिएको बताएका
छन ।

भर्खरै

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन
लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ
संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै
बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी
कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन
बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु
तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न
नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा
दुई वर्षकी छोरी सहित कैलालीकी मीरा मृत अबश्थामा भेटिइन
ठेकेदारको लाफरबाहीका कारण सुर्मीनाला मोटरेबल पुल अलपत्र

धेरै कमेन्ट गरिएको

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

pakrau-1

लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ

garbha darbar

संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै

chaau

बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी

bardagproya

कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन

amar-khadka

बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु

0bd4305b-745c-47c6-bb7d-1baf57c51e98-e1738919723215

तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न

ghurala-pool-high-risky_jhblsmNBz8-e1738902590751

नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा