"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

शुद्ध खानेपानी उपभोग गर्न पाएपछि कञचनपुरको शुक्लाफाँटा–११ का बासिन्दा खुसी

Khabar Raftar

पौष २८ कञ्चनपुर । शुद्ध खानेपानी उपभोग गर्न पाएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–११ का बासिन्दा खुसी भएका छन । पाँच करोडको लागतमा कलुवापुर खानेपानी आयोजना सम्पन भएपछि शुद्ध खानेपानी उपभोग गर्न पाएका वडा नम्बर–११ का बासिन्दा भएका हुन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

खानेपानी उपभोक्ता समितिका अध्यक्ष विनोदकुमार दमाईले शुद्ध खानेपानी उपभोग गर्न पाएपछि स्थानीय खुसी भएको बताए । उनले आयोजना अन्तर्गत दुई लाख २५ हजार लिटर क्षमताको ट्याङ्की, दुईवटा डिपट्युबेल जडान, ५० किलोमिटर पाइप लाइन विस्तार गरिएको बताए ।

अध्यक्ष दमाईले उपभोक्तालाई दैनिक चौबीसै घण्टा पानी उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी गराए । हालसम्म पाँच सय ६५ वटा निजी र तीन वटा सार्वजनिक धारा जडान गरिएको उनले जानकारी गराए । आठ कठ्ठा क्षेत्रफलमा पक्की पर्खाल सहितको आयोजनाको कार्यालय भवन समेत निर्माण गरिएको उनले बताए ।

त्यसैगरी अतिरिक्त पानी प्रशोधनका लागि संयन्त्र निर्माण, २७ वटा भल्व च्याम्बर, एउटा मेन भल्व च्यामबर र एउटा पानी परीक्षण गर्ने मेसिन राखिएको उनले बताए । आयोजनाको रेखदेख र सञ्चालनका लागि तीन जना कर्मचारीको व्यवस्था गरिएको समेत उनले जानकारी गराए ।

त्यसैगरी समितिका कोषाध्यक्ष टेकबहादुर भण्डारीले धारा जडानका लागि दुई हजार शुःल्क लिने गरेको बताउदै १० युनिट सम्म खपत गर्ने ग्राहकबाट एक सय शुल्क लिने गरिएको बताए । उपभोक्तालाई शुद्ध खानेपानी उपलव्ध गराउन महिनाको दुई पटक ट्याङ्की सरसफाइ गर्ने व्यवस्था गरेको बताउदै उनले परीक्षण संयन्त्रबाट पानी वितरण गरिने र गुणस्तर मापन गरिने बताए ।

पानीको आपूर्तिमा बाधा आउन नदिन टुटफुट भएका ठाउँमा तत्कालै कर्मचारी खटाएर मर्मत गर्ने उनले बताए । विद्युत् अभाव भएका बेला पानी निरन्तर उपलब्ध गराउन भने कठिनाइ हुँदै आएको उनले बताए । आर्थिक अभावले सोलार तथा जेनेरेटरको व्यवस्था गर्न नसकिएकाले अनुदानमा उपलब्ध गराउने दातृ निकायको खोजी गरीरहेको उनले बताए ।

वडाको वर्तमान जनसङ्ख्या १५ हजार एक सय ३० रहेको बताउदै उनले एक हजार सात सय परिवार रहेको बताए । सबै घरपरिवारमा खानेपानी पुर्याउने लक्ष्यका साथ समितिले काम गरीरहेको उनले बताए ।

आयोजना निर्माण कार्य २०६७ साल देखि थालिएको बताउदै उनले बजेट अभाव, कोरोना महामारी लगायत कारणले निर्माणकार्य ढिलो भएको बताए । पूर्ण क्षमतका साथ सञ्चालन गर्न अझै केही समय लाग्ने उनले जानकारी गराए ।

भर्खरै

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन
लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ
संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै
बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी
कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन
बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु
तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न
नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा
दुई वर्षकी छोरी सहित कैलालीकी मीरा मृत अबश्थामा भेटिइन
ठेकेदारको लाफरबाहीका कारण सुर्मीनाला मोटरेबल पुल अलपत्र

धेरै कमेन्ट गरिएको

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

pakrau-1

लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ

garbha darbar

संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै

chaau

बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी

bardagproya

कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन

amar-khadka

बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु

0bd4305b-745c-47c6-bb7d-1baf57c51e98-e1738919723215

तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न

ghurala-pool-high-risky_jhblsmNBz8-e1738902590751

नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा