"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

शुद्ध खानेपानी उपभोग गर्न पाएपछि कञचनपुरको शुक्लाफाँटा–११ का बासिन्दा खुसी

No data was found

Khabar Raftar

पौष २८ कञ्चनपुर । शुद्ध खानेपानी उपभोग गर्न पाएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–११ का बासिन्दा खुसी भएका छन । पाँच करोडको लागतमा कलुवापुर खानेपानी आयोजना सम्पन भएपछि शुद्ध खानेपानी उपभोग गर्न पाएका वडा नम्बर–११ का बासिन्दा भएका हुन ।

No data was found

खानेपानी उपभोक्ता समितिका अध्यक्ष विनोदकुमार दमाईले शुद्ध खानेपानी उपभोग गर्न पाएपछि स्थानीय खुसी भएको बताए । उनले आयोजना अन्तर्गत दुई लाख २५ हजार लिटर क्षमताको ट्याङ्की, दुईवटा डिपट्युबेल जडान, ५० किलोमिटर पाइप लाइन विस्तार गरिएको बताए ।

अध्यक्ष दमाईले उपभोक्तालाई दैनिक चौबीसै घण्टा पानी उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी गराए । हालसम्म पाँच सय ६५ वटा निजी र तीन वटा सार्वजनिक धारा जडान गरिएको उनले जानकारी गराए । आठ कठ्ठा क्षेत्रफलमा पक्की पर्खाल सहितको आयोजनाको कार्यालय भवन समेत निर्माण गरिएको उनले बताए ।

त्यसैगरी अतिरिक्त पानी प्रशोधनका लागि संयन्त्र निर्माण, २७ वटा भल्व च्याम्बर, एउटा मेन भल्व च्यामबर र एउटा पानी परीक्षण गर्ने मेसिन राखिएको उनले बताए । आयोजनाको रेखदेख र सञ्चालनका लागि तीन जना कर्मचारीको व्यवस्था गरिएको समेत उनले जानकारी गराए ।

त्यसैगरी समितिका कोषाध्यक्ष टेकबहादुर भण्डारीले धारा जडानका लागि दुई हजार शुःल्क लिने गरेको बताउदै १० युनिट सम्म खपत गर्ने ग्राहकबाट एक सय शुल्क लिने गरिएको बताए । उपभोक्तालाई शुद्ध खानेपानी उपलव्ध गराउन महिनाको दुई पटक ट्याङ्की सरसफाइ गर्ने व्यवस्था गरेको बताउदै उनले परीक्षण संयन्त्रबाट पानी वितरण गरिने र गुणस्तर मापन गरिने बताए ।

पानीको आपूर्तिमा बाधा आउन नदिन टुटफुट भएका ठाउँमा तत्कालै कर्मचारी खटाएर मर्मत गर्ने उनले बताए । विद्युत् अभाव भएका बेला पानी निरन्तर उपलब्ध गराउन भने कठिनाइ हुँदै आएको उनले बताए । आर्थिक अभावले सोलार तथा जेनेरेटरको व्यवस्था गर्न नसकिएकाले अनुदानमा उपलब्ध गराउने दातृ निकायको खोजी गरीरहेको उनले बताए ।

वडाको वर्तमान जनसङ्ख्या १५ हजार एक सय ३० रहेको बताउदै उनले एक हजार सात सय परिवार रहेको बताए । सबै घरपरिवारमा खानेपानी पुर्याउने लक्ष्यका साथ समितिले काम गरीरहेको उनले बताए ।

आयोजना निर्माण कार्य २०६७ साल देखि थालिएको बताउदै उनले बजेट अभाव, कोरोना महामारी लगायत कारणले निर्माणकार्य ढिलो भएको बताए । पूर्ण क्षमतका साथ सञ्चालन गर्न अझै केही समय लाग्ने उनले जानकारी गराए ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ