"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

दुर्गम बस्तीका लागी इलाका प्रशासनको स्थापना गरौ

Khabar Raftar

बाजुराको दुर्गम बस्तीका बासिन्दालाई सरकारी सेवालीन समस्या हुने गरेको छ । सरकारी सेवालीन सदरमुकाम मार्तडी जानु पर्ने हु“दा दुर्गम बस्तीका बासिन्दालाई समस्या हुने गरेको हो । उनीहरुले इलाका प्रशासन कार्यालय स्थापनाको माग गर्दै आएको पनि लामोसमय भई सकेको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

बाजुराको हिमाली, जगन्नाथ, स्वामीकार्तिक, बुढीनन्दा लगायतका पालिकाका स्थानीयले बुढीनन्दा नगरपालिका वडा नम्बर–२ को कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापनाको माग गर्दै आएका भए पनि स्थापना हुन नसक्दा उनीहरुले सास्ती झेल्नु परेको छ ।

कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि स्थानीयले पटक पटक जिल्ला प्रशासन कार्यालय बाजुरामा माग गर्दै आएका भए पनि अझै स्थापना हुन सकेको छैन । नागरिकता, पासपोर्ट, राहदानी लगायतका विभिन्न सरकारी काम काजका लागि सदरमुकाम मार्तडी आवत जावत गर्नुपर्ने उनीहरुको बाध्यताको सम्बन्धीत निकायले अन्त्य गर्न जरुरी छ ।

गाडीको सुविधा भए पनि चार घण्टाको समय लगाएर सदरमुकाम मार्तडी पुग्न पर्ने उनीहरुको मागलाई गँिभर रुपमा लिन जरुरी छ । कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना भए पछि स्थानीयलाई नागरिकता बनाउन देखि अन्य सेवा लिन सहज हुने भएकाले सम्बन्धीत निकायले उनीहरुको मागलाई सम्बोधन गर्न जरुरी  छ । स्थानीयको आर्थिक भार पनि कम हुने र सेवा लिन पनि सकस नहुने भएकाले कोल्टीमा ईलाका प्रशासन स्थापना गर्न जरुरी छ ।

नागरिकता तथा प्रतिलिपि निकाल्नु परेमा स्थानीयलाई अनिवार्य सदरमुकाम मार्तडीमा जानुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी छ । सदरमुकाम मार्तडी गएर नागरिकता बनाउन नसक्ने गरिव तथा विपन्नको समस्यालाई सम्बन्धीत निकायले बुझ्न जरुरी छ ।

पैसा नभएकै कारण नागरिकता पाउनबाट वञ्चित भएका उनीहरुलाई सहज रुपमा नागरिकता बनाउन पाउने गरी ब्याबश्था मीलाउन जरुरी छ । सदरमुकाम मार्तडी देखि कोल्टी सम्मको दुरी झण्डै ४२ किलोमिटर भएकाले हिमाली, जगनाथ, स्वामीकार्तिक लगायतका स्थानीयलाई समस्या हुने गरेकाले दुर्गम बस्तीका लागी इलाका प्रशासनको स्थापना गरी उनीहरुको मागलाई सम्बोधन गर्न जरुरी छ ।

भर्खरै

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन
लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ
संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै
बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी
कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन
बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु
तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न
नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा
दुई वर्षकी छोरी सहित कैलालीकी मीरा मृत अबश्थामा भेटिइन
ठेकेदारको लाफरबाहीका कारण सुर्मीनाला मोटरेबल पुल अलपत्र

धेरै कमेन्ट गरिएको

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

pakrau-1

लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ

garbha darbar

संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै

chaau

बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी

bardagproya

कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन

amar-khadka

बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु

0bd4305b-745c-47c6-bb7d-1baf57c51e98-e1738919723215

तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न

ghurala-pool-high-risky_jhblsmNBz8-e1738902590751

नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा