पौष २७ धनगढी । लागुऔषध सहित एकै दिन प्रहरीले ९ जना युवकलाई पक्राउ गरेको छ । कैलाली जिल्लाका विभिन्न स्थानबाट लागुऔषध सहित ९ जना युवकलाई प्रहरीले एकै दिन पक्राउ गरेको हो ।
धनगढी उपमहानगरपालिका वडा नम्बर–३ ब्यारेल नजिकबाट मिलन चोकका २४ वर्षीय सरोज चौधरीलाई प्रहरीले ५ ग्राम २ सय ९० मिलिग्राम लागुऔषध सहित पक्राउ गरेको हो । चौधरीलाई वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शुक्रवार नियन्त्रणमा लिएको हो ।
त्यसैगरी कैलारी गाउँपालिका वडा नम्बर–७ कटानी पुल नजिकबाट कैलारी गाउँपालिका वडा नम्बर–२ का २० वर्षीय अविनाश चौधरी र २० वर्षकै दिनेश चौधरीलाई ४ सय १० मिलिग्राम लागुऔषध सहित इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर–८ बुद्धचोकका २४ वर्षीय सुमित घिमिरेलाई १ ग्राम ७ सय ५० मिलिग्राम लागुऔषध सहित प्हरीले पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालीका वडा नम्बर–२ पुरानो भन्सार नजिकबाट धनगढी उपमहानगरपालीका वडा नम्बर–१३ का ३८ वर्षीय दिपक भट्टलाई ओनरेक्स नामक १५ बोतल लागूऔषध सहित प्रहरीले पक्राउ गरेको जानकारी गराएको छ ।
भट्टलाई वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको बताइएको छ ।
त्यसैगरी धनगढी उपमहानगरपालिका वडा नम्बर–७ देवरियाका २३ वर्षीय दिपलाल राना सहित ४ जनालाई १ सय १० मिलिग्राम लागूऔषध सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जानकारी गराएको छ ।