पौष २७ धनगढी । कैलली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलीका अबैध सामान बरामद गरिएको छ । दुवै जिल्लाका विभिन्न स्थानबाट १ लाख ९१ हजार ९ सय ५० रुपैया मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरिएको हो ।
प्रहरीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका वड नम्बर– २ पुरानो भन्सारबाट अवैध रुपमा भन्सार छलि गरेर ल्याइएका अन्दाजी ४० हजार ८ सय रुपैया बराबरका सामग्रीहरु बरामद गरिएको छ ।
भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याईएका ढोकाको होल्डिङ, झ्यालको होल्डिङ, हुक लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले बरामद गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको हो ।
उक्त सामानहरु आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको बताईएको छ । त्यसैगरी प्रहरीले कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलीका अन्दाजी डेढ लाख बढीका सामानहरु बरामद गरेको छ ।
भीमदत्त नगरपालिका वडा नम्बर– ११ भुजेला र पुर्नवास नगरपालिका वडा नम्बर– २ मोतिबस्तीबाट १ लाख ५१ हजार १ सय ५० रुपैया मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको हो ।
उक्त रकम बराबरको विभिन्न किसिमका कपडा, प्लाष्टिक झिल्ली, युरिया मल, हार्डवेयर र किराना लगायतका सामानहरु बरामद गरिएको प्रहरीले जानकारी गराएको हो ।