पौष २६ धनगढी । रेबिज लागेका एक जना युवकको सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको छ ।
कैलालीको मोहन्याल गाउँपालिका घर भएका २९ वर्षीय युवकको रेबिजका कारण यही पौष २२ गते मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रादेशीक स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।
चार महिना अघि ती व्यक्तिलाई भारतमा कुकुरले टोकेको र रेबिजको लक्ष्यण देखिए पछि उनी अस्पताल भर्ना भएको बताइन्छ । उनको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख डाक्टर खगेन्द्र बहादुर बमले बताए ।
भारतमा कुकुरले टोक्दा रेबिज विरुद्धको खोप नलगाएकाले रेबिज संक्रमण भएको बमले बताए । रेबिजबाट बच्न कुकुर, बिरालो लगायत जंगली जनावर टोकेमा रेबिज विरुद्धको खोप लगाउनु पर्ने डाक्टर बमले बताए ।
Post Views: 15