पौष २६ बाजुरा । बाजुरामा जातीय तथा अन्य सामाजिक छुवाछूत मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
No data was found
जिल्ला अदालत बाजुराको मिति २०८० मंसिर १३ गतेको फैसलाले जातीय तथा अन्य सामाजिक छुवाछूत मुद्दामा ५० हजार जरिवाना तोकिए पछि फरार रहेका बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर–७ लामागडा बस्ने ५५ वर्षीय रंगलाल पाध्यालाई प्रहरीले पक्राउ गरेको हो ।
पाध्यालाई प्रहरी चौकी बार्जुगार्ड, बाजुराबाट खटिएको प्रहरी टोलीले बिहीवार बुढिगंगा नगरपालिका वडा नम्बर–६ बाम्का बजारबाट पक्राउ गरेको प्रहरीले जानकारी गराएको हो ।
Post Views: 78

