"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

सेती प्रादेशिक अस्पतालको ७ तले भवन निमार्णको योजना अलपत्र

Khabar Raftar

पौष २५ धनगढी । सेती प्रादेशिक अस्पतालको सात तलाको भवन निर्माणको योजना अलपत्र परेको छ । नेपाल सरकारको अनुदानमा प्रदेश सरकारले निर्माण गर्न विस्तृत योजना प्रतिवेदन (डिपीआर) स्वीकृत गरेको भए पनि भवन निर्माणको योजना अलपत्र परेको हो । सुदूरपश्चिम प्रदेश सरकारले भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ । तर, सेती प्रादेशिक अस्पतालको पुरानो भवनमा रहेका सेवा सार्ने ठाउँ नभएकाले ठेक्का सम्झौता गरिएको छैन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

अस्पतालको टिनको पुरानो छानो रहेको भवनका प्रसूति, खोप, क्यान्सर, चमेनागृह, चिकित्सक संघको भवन, सरसफाइ शाखा, प्रसूतिको शल्यक्रिया, १० शय्याको सघन उपचार कक्ष (आइसीयू), कुष्ठरोग, फिजियोथेरापी, फोहोरका संरचनाहरू, शव गृह लगायतका सेवाहरू सार्न ठाउँ नभएकाले भवन निर्माणको योजना रोकिएको हो ।

सेती प्रादेशिक अस्पतालको पूर्वी क्षेत्रमा रहेका पुराना संरचनाका सेवाहरू सार्ने र सात तलाको नयाँ भवन निर्माण गर्ने योजना रहेको सेती प्रादेशिक अस्पतालका प्रमुख डाक्टर हेमराज पाण्डेले बताए । सहरीले निर्माण थालेको भवन र कोरोना अस्पतालमा सेवा सार्ने र नयाँ भवनको काम सुरु गर्ने योजना भएको उनले बताए । भवनको काम ७÷८ वर्षदेखि नसकिएको उनले बताए ।

कोरोना अस्पताल रहेको जमिन पनि अस्पतालको नभएको बताउदै उनले पुरानो भवनमा धेरै सेवाहरू भएको बताए । सार्नका लागि ठाउँ नभएको बताउदै उनले सेवा सार्न बाँकी रहेकाले नयाँ भवन निर्माणको योजना पनि रोकिएको बताए । सहरी विकास मार्फत निर्माण थालिएको भवनको काम समेत पूरा नभएकाले प्रदेश सरकारको भवन निर्माणको योजना अलपत्र परेको उनले बताए ।

सेती प्रादेशिक अस्पतालका प्रमुख डाक्टर पाण्डेले कोरोना अस्पताल र सहरी विकासले निर्माण थालेको भवनमा सेवा सार्ने र नयाँ भवन निर्माणको काम सुरु गर्ने बताए । टिनको पुरानो छानो मुनी सेवाहरू धेरै भएकाले नयाँ भवन निर्माणका लागि समस्या भएको उनले बताए । प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पताल परिसर भित्र नयाँ भवन निर्माणका लागि विस्तृत योजना प्रतिवेदन (डिपीआर) स्वीकृत गराएको उनले बताए ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता गणेशबहादुर सिंहले भवन निर्माणको योजना भएको बताए । डिपीआर स्वीकृत पनि भएको बताउदै उनले स्थान खाली नभएकाले ठेक्का नगरेको बताए । सङ्घीय सरकारको ५० प्रतिशत र प्रदेश सरकारको ५० प्रतिशत लगानीमा भवन निर्माणका लागि बजेट भएको उनले जानकारी गराए ।

सेती अस्पतालको पूर्वी क्षेत्रमा ठुलो, आधुनिक, दुई भुईँ तलामा पार्किङ समेत भएको (डबल बेसमेन्टको), २–३ सय शय्या क्षमताको सात तला सम्मको भवन निर्माणका लागि प्रदेश सरकारले विस्तृत योजना प्रतिवेदन तयार पारेको उनले बताए । एक अर्ब बढीको लगानीमा भवन निर्माणको योजना सुदूरपश्चिम सरकारले तयार पारेको उनले बताए ।

जिल्ला अस्पतालका लागि विक्रम सम्बत १९९७ मा निर्माण गरिएका टिनले छाएका संरचनाका सेवाहरू हटाउन नसक्दा सात तलाको भवन निर्माणको काम रोकिएको उनले बताए । कैलाली जिल्ला अस्पताललाई २०४० सालमा ५० शय्याको सेती अञ्चल अस्पतालमा स्तरोन्नति गरिएको थियो ।

अस्पताल व्यवस्थापन समितिले ७५ शय्या थप गर्दै सेती प्रादेशिक अस्पताल एक सय २५ शय्यामा सञ्चालन भईरहेको छ । अस्पतालमा बिरामीको सङ्ख्या धेरै भएको बताउदै उनले अस्पताल प्रशासनले तीन सय २१ शय्याको अस्पताल सञ्चालन गरिरहेको जानकारी गराए ।

भर्खरै

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन
लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ
संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै
बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी
कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन
बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु
तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न
नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा
दुई वर्षकी छोरी सहित कैलालीकी मीरा मृत अबश्थामा भेटिइन
ठेकेदारको लाफरबाहीका कारण सुर्मीनाला मोटरेबल पुल अलपत्र

धेरै कमेन्ट गरिएको

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

pakrau-1

लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ

garbha darbar

संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै

chaau

बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी

bardagproya

कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन

amar-khadka

बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु

0bd4305b-745c-47c6-bb7d-1baf57c51e98-e1738919723215

तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न

ghurala-pool-high-risky_jhblsmNBz8-e1738902590751

नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा