"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

माटोका भाँडा बनाउने कैलालीका व्यवसायी समस्यामा

Khabar Raftar

पौष २५ धनगढी । माटोका भाँडा बनाउने कैलालीका ब्याबसायी समस्यामा परेका छन । सिपालु कालिगडको अभाव हुन थाले पछि कैलालीका माटोको भाँडा बनाउने व्यवसायी समस्यामा परेका हुन् । युवा शिक्षा तथा वैदेशिक रोजगारीका लागि बाहिर जानु, पुस्तान्तरण नहुनु, भाँडा बनाउने माटो सहजै नपाउनु लगायतका कारणले कालिगड नपाउने भए पछि व्यवसायी समस्यामा परेका हुन् ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

पूर्वी नेपालको बिर्तामोड र भारतबाट माटोका तयारी भाँडा ल्याएर बिक्री गरिरहेका भाँडा व्यवसायी गणेश शाहले दक्ष कालिगडको कमी र भाँडा बनाउन आवश्यक पर्ने माटो सहजै नपाईने भएकाले समस्या भएको बताए । पहिले धनगढीमा माटोका भाँडा बनाउने कालिगड जहातही हुने गरेको बताउदै उनले माटो पनि आवश्यकता अनुसार सहजै उपलब्ध हुने गरेको बताए ।

स्थानीयस्तरमा बनाइएको भाँडा बिक्री गर्न सहज पनि हुने गरेको बताउदै उनले पछिल्लो समय बाहिरबाट तयारी अवस्थामा भाँडा ल्याएर बिक्री गर्दा उपभोक्ताले विश्वास पनि कम गर्ने भएकाले व्यापार घटेको बताए । भारतबाट ल्याउने गरेका माटोको भाँडा भन्सार तिरेर आयात गर्नुपर्ने भएकाले महङ्गो हुने बताउदै शाहले व्यापारमा मुनाफा पनि नहुने बताए ।

आधुनिकतासँगै बजारमा विभिन्न आकर्षक स्वरुपमा प्लाष्टिकका रङ्गीविरङ्गी भाँडा सहजै पाइन थालेपछि पहिलेको तुलनामा माटोका भाँडाले बजार पाउन छोडेको धनगढीको कृष्णनगरकी व्यवसायी नीलमदेवी कलवाराले बताईन । केही वर्ष पहिले दैनिक पाँच हजार देखि १० हजारसम्म कारोबार हुने गरेको सुनाउदै उनले अहिले दैनिक एक हजार देखि तीन हजार सम्मको कारोबार हुने गरेको बताईन ।

लामो समय देखि माटोका भाँडा सम्बन्धी व्यवसाय गर्दै आएकी कलवाराले पछिल्लो समय बिक्री घटेसँगै व्यवसाय सङ्कटमा पर्न थालेको बताईन । पहिलेको तुलनामा कारोबार घटेपछि जीविकोपार्जनमा समस्या हुन थालेको उनले बताईन । व्यवसायबाट खर्च चलाउन मुस्किल हुन थालेपछि अहिले गर्मी मौसममा गन्नाको जुस र जाडोमा अण्डा ठेला राख्ने गरेको उनले सुनाईन ।

स्थानीयस्तरमा भाँडा बनाउने माटो पाउन छोडे पछि भारतको लख्खिमपुर सहितका सहरबाट तयारी भाँडा ल्याएर बिक्री गरिरहेको बताउदै कलवाराले पहिले माटोका भाँडा बनाउने भट्टा थुप्रै भएको र आजभोली माटो पाउन छोडेपछि बाहिरबाट भाँडा ल्याउदा महँगोमा बिक्री गर्नु परेको बताईन ।

प्लास्टिकका भाँडा तथा अन्य सामग्री प्रयोग गर्न सहज हुने, जहाँ पनि पाइने हुँदा परम्परागत माटाका भाँडाको व्यापार घटेको धनगढीका व्यवसायी अरविन प्रसाद कलवाराले बताए । ‘पहिलेभन्दा अहिले व्यापार धेरै घटेको बताउदै उनले यही अवस्था रहे पेशा लोप हुने बताए ।

स्थानीय सरकारले माटोका भाँडा बनाउने सीप पुस्तान्तरण गर्न र पेशा संरक्षण गर्न अभियान सञ्चालन गर्नुपर्ने उनले बताए । माटोबाट निर्मित भाँडा टुटफुट बढी हुने भएकाले प्रयोगकर्ता घट्ना थालेको बताउदै उनले घरघरमा सिमेन्टका गमला लगेर बिक्री गरिँदा पनि माटोका भाँडाको माग घटेको बताए ।

अहिले प्रतिग्राग्री दुई सयदेखि पाँच सय, प्रतिगमला एक सय देखि दुई सय, प्रतिखुत्रुक्के ३० देखि तीन सय, प्रतिकलश १५ देखि ५० रुपैयामा बिक्री भइरहेको उनले बताए ।

भर्खरै

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण
नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने
जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता
बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए
नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने
अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार
चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ
ट्यांकरले ठक्कर दिदा गोदावरीकी युवतीको मृत्यु
टीकापुरमा रहेको गौशालामा चौपायालाई खुवाउने आहाराको अभाव

धेरै कमेन्ट गरिएको

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

a

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

bbb

नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने

11

जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता

a

सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता

11

बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए

Capture

नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने

pree

अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 100

चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ