पौष २४ धनगढी । कैलाली भन्सार कार्यालयले छोडेको ट्रक धनगढी चौराहबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको युपी २५ एफटी ०९३८ नम्बरको भारतीय नम्बर प्लेटको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको ट्रक कैलाली भन्सार कार्यालमा राखिएको भए पनि भन्सार कार्यालयले ट्रकसहित बरामद गरिएको सामान बुझ्न नमानेको बताईएको छ ।
१५ लाख १९ हजार चार सय मुल्यको फलफूल सहितको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको भए पनि भन्सार कार्यालयले ट्रकसहित बरामद गरिएको सामान बुझ्न नमानेको जानकारी गराईएको छ ।
सशस्त्र प्रहरी कार्यालय कैलालीका प्रमुख दलबहादुर पाण्डेले धनगढी चौराहबाट ट्रक नियन्त्रणमा लिएको जानकारी गराईएको हो । भन्सार कार्यालयले ट्रक सहितको सामान बुझ्न नमानेको उनले बताए ।
भन्सार नतिरेकाले नियन्त्रणमा लिएको बताउदै उनले भन्सार कार्यालयमा ट्रकसहितको सामान राखेको बताउदै भन्सारले बुझ्न नमानेको जानकारी गराए ।
तर कैलाली भन्सार कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालले सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको ट्रक र सामान नबुझाएको दाबी गरेका छन् ।