"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

गेटा विश्वविद्यालय सञ्चालन गर्न सरकारले गृहकार्य गरिरहेको छ ः मन्त्री पौडेल

Khabar Raftar

पौष २४ धनगढी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कैलालीको गेटामा प्रस्तावित शहीद दशरथचन्द विश्वविद्यालय सञ्चालनका लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन् । बुधबारधनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले नेपालका अन्य छ वटा प्रदेशमा चिकित्सा शास्त्रमा अध्यापन सुरु भइसकेको बताउदै अब सुदूरपश्चिम प्रदेशमा पनि उक्त कार्यक्रम सञ्चालन गर्ने गरी गृहकार्य भइरहेको बताएका हुन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

विश्वविद्यालय बनाउनु अघि गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गर्ने र आगामी असार देखि ‘एमबिबीएस’को पढाइ थाल्ने गरी तयारी भइरहेको उनले बताए । शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय बनाउने सम्बन्धी विधेयक संसदीय समितिमा छलफलमा रहेकाले संसद्को आगामी अधिवेशनमा त्यसलाई प्रवेश गराइने मन्त्री पौडेलले बताए ।

उनले विश्वविद्यालय सञ्चालनका लागि भौतिक पूर्वाधारसँगै अस्पताल सञ्चालन र अध्यापन पनि सुरु गर्नुपर्ने भएकाले त्यसका लागि नीति निर्माण गर्नुपर्ने बताए । गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्न सबै दल सहमत भएको बताउदै उनले सरकार काठमाडौँ बाहिर पनि छ भन्ने पुष्टि गर्न पनि शहीद दशरथ चन्द विश्वविद्यालय स्थापना हुन आवश्यक भएको बताए ।

विश्वविद्यालय सञ्चालन पछि मात्रै अस्पताल चल्छ र एमबीबीएसको पढाइ हुन्छ भन्ने कुरा नभएको बताउँदै उनले अहिले नै अस्पताल चलाउन सकिने बताए । यसका लागि छात्रवृत्ति तर्फका १२ जना चिकित्सक र १८ जना नर्सलाई गेटामा पठाएर तत्काल अहोरात्र आकस्मिक सेवा र सघन उपचार सेवा सञ्चालन गर्न लागेको उनले बताए ।

गेटामा मेडिकल विश्वविद्यालय स्थापनामा सुदूरपश्चिम प्रदेशवासीले बढी चासो राख्दै आएका छन् । विश्वविद्यालय सञ्चालनका लागि दबाब दिन गठन भएको सङ्घर्ष समितिले पटक पटक दबाबमूलक कार्यक्रम गर्दै आएको छ । गोदावरी नगरपालिकाको गेटामा मेडिकल कलेज सञ्चालन गर्न सात अर्बको लागतमा एक वर्षअघि सुविधा सम्पन्न भवन एवं संरचना निर्माण भई सकेका छन् ।

सङ्घर्ष समिति र स्थानीयवासीको निरन्तरको दबाब पछि ती संरचनामा ५० शय्याको अस्पताल सञ्चालनमा ल्याइए पनि अस्पतालको सघन उपचार कक्ष (आइसियु), जनरल बेड र आकस्मिक कक्षबाट अपेक्षाकृत सेवा प्रवाह हुन सकेको छैन ।

भर्खरै

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु
नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक
भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली
कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी
ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट
स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना
कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ
डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना
बजेट कार्यान्वयनमा ध्यान दिन जरुरी छ
सुदूरपश्चिमको धनगढीमा तीनदिने पत्रकारिता तथा सूचना प्रविधि तालिम सुरु

धेरै कमेन्ट गरिएको

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Dalit Jagdai

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

Dambar Bk DIG Bajura

नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक

sss

भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली

aaaaaa

कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी

murti

ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट

2

स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

pakrau-1

कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ

1

डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना