"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

चौकीडाँडा–फल्टुडे सडक निर्माणको काम चार वर्ष देखि अलपत्र

No data was found

Khabar Raftar

पौष २४ धनगढी । कैलालीको चौकीडाँडा–फल्टुडे सडक निर्माणको काम चार वर्ष देखि अलपत्र परेको छ । पूर्वाधार विकास कार्यालय, धनगढीले २०७७ सालमा गोदावरी नगरपालिका वडा नम्बर–१० को कृष्ण मन्दिर–बाँन्द्रेखाल सडक निर्माणका लागि ठेक्का सम्झौता गरिएको भए पनि निर्माणकार्य चार वर्ष देखि अलपत्र परेको हो ।

No data was found

चौकीडाँडा हुँदै फल्टुडे जोड्ने सडक निर्माणको काम अलपत्र परेको हो । पूर्वाधार विकास कार्यालय कैलालीले थेगिम÷सनलाइट जेभीसँग साढे २ किलोमिटर सडक निर्माणका लागि ठेक्का सम्झौता गरेको भए पनि निर्माणकार्य चार वर्ष देखि अलपत्र छ । स्थानीय भोजराज भट्टले भोजराज भाटको घरदेखि वडा कार्यालय सम्मको सडक चार वर्षदेखि अलपत्र परेकोे बताए ।

पूर्वमन्त्री भाटको घरदेखि माथि, वडा कार्यालय तलको सडकको ठेक्का भएको चार वर्ष भएको बताए । प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले पाँच वर्षमा फल्टुडे सम्म सडक पुगाउछु भनेको सम्झदै उनले तीन वर्ष सम्म पनि पुरा नभएको बताए । गोदावरी नगरपालिका वडा नम्बर–१० को ओलानी क्षेत्रको दुई दशमलव पाँच किलोमिटर सडक कालोपत्र गर्न पाँच करोड ८४ लाख २५ हजारमा सम्झौता गरिएको उनले बताए ।

सम्झौताको समय अवधि २०८१ असार २५ मा सकिएको बताउदै उनले सडक निर्माणको काम आधा पनि नभएको बताए । निर्माण कम्पनीले माटो भरानको काम गर्दै आएको उनले बताए । गोदावरी नगरपालीका वडा नम्बर–११ का स्थानीय लक्ष्मण जोशीले साइकल र मोटरसाइकल चलाउन समेत समस्या हुने गरेको    बताए । ठुला–ठुला गाडिहरु चल्ने भएकाले स्थानीय हैरान भएको उनले बताए ।

पूर्वाधार विकास कार्यालय, कैलालीले २०७९ चैत्र १७ गते दोस्रो ठेक्का सम्झौता गरेको उनले बताए । तीन दशमलव एक किलोमिटर सडक कालोपत्र गर्न ६ करोड ६१ लाख ४१ हजारमा ठेक्का सम्झौता भएको थियो । उक्त खण्डको सडक निर्माणको काम ३० प्रतिशत पनि पूरा नभएको उनले बताए ।

स्थानीय चन्द्र ताम्राकारले धुलोका कारण बिराम हुने गरेको बताउदै साइकल समेत प्यान्चर हुने गरेको बताए । २०५० साल देखिको सडक भएको बताउदै उनले अहिले सम्म कालोपत्र नभएको बताए । चौकीडाँडा–फल्टुडे सडकको काम अलपत्र पार्ने निर्माण कम्पनीहरुलाई प्रदेश सरकारले कारबाही समेत गर्न नसकेको उनले    बताए ।

पूर्वाधार कार्यालय, कैलालीका सूचना अधिकारी विनोद खण्डकाले पहिलो ठेक्काको समय अवधि थप नगरिएको बताए । ५० प्रतिशत मात्र काम भएको बताउदै उनले संघीय सरकार मातहतको सडक डिभिजन कार्यालयले ठेक्का सम्झौता गरेको सडक खण्डको कालोपत्रको काम पुरा भएको जानकारी गराएको छ ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ