पौष २४ धनगढी । इलाका प्रहरी कार्यालय बीपीनगरमा कार्यरत प्रहरी सहायक हवल्दार बहादुर सिंह पालीको ड्युटीमा रहेकाबेला मृत्यु भएको छ । बुधबार बिहान सवा ३ बजे ड्युटीका रहेको समयमा एक्कासी छाती दुखेर बेहोस भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक विनोद शर्माले उनलाई तत्कालै स्थानीय बिपिनगर पोलिक्लिनिकमा उपचारका लागि पु¥याइएको जानकारी गराउदै सामान्य जाँच पछि थप उपचारको लागि बिहान ४ बजे सेती प्रादेशिक अस्पताल धनगढीमा रिफर गरिएको जानकारी गराए ।
अस्पतालले पालीलाई ६ः४० बजे मृत घोषणा गरेको उनले बताए । मृतक पालीको स्थायी घर डडेलधुरा जिल्लाको भागेश्वर गाउँपालिका वडा नम्बर–५ रूपालमा भएको उनले बताए । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख विनोद शर्माले पालीको मृत्युको कारण पोष्टमार्टम रिपोर्ट पछि मात्र थाहा हुने बताए ।