पौष २२ धनगढी । कैलाली भन्सार कार्यालयले सुरक्षाका लागि लगाएको ब्यारियलले कञ्चनपुर बासीले हटाउन माग गरेका छन । बेलौरीका धर्मेन्द्र गिरी लगायतको टोलीले सुरक्षाका लागि लगाएको ब्यारियलले हटाउन माग गरेको हो । कैलाली भन्सार कार्यालय र जिल्ला प्रशासन कार्यालयमा समस्या समाधानका लागी उनीहरुले ज्ञापनपत्र समेत बुझाएका छन् ।
कञ्चनपुरको चार वटा पालिका पुनर्वास, बेलौरी, लालझाडी र बेलडाँडीका नागरिकलाई सबैभन्दा बढी समस्या भएको गिरीले बताए । सोही टोलीमा सहभागि गोपाल दाहालले पटक पटक व्यवस्थापनका लागि पहल गर्दै आइरहेको बताउदै अहिलेसम्म समस्या हल हुन नसकेको बताए ।
कञ्चनपुरको शिक्षा, स्वास्थ्य र कृषि उपज बिक्रि लगायत कामकाजका लागि नजिकको बजार धनगढी भएकाले यसलाई बढी प्राथमिकता राखेको उनले बताए । भन्सार अधिकृत र प्रमुख जिल्ल अधिकारीले ब्यारियल सार्ने विषयमा समन्वय भइरहेको जानकारी गराउदै दुईचार महिनामै समस्या समाधान हुने आश्वासन दिएको उनले बताए ।
स्थानीय लक्ष्मण दियालले भन्सारले ब्यारियल सार्ने भनि भवन बनाएको दुई वर्षसम्म पनि कार्यान्वय नहुनु निकै हास्यास्पद भएको बताए । कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत तेजबहादुर रावलले नयाँ भवन बनिसकेकाले छिट्टै सीमा नजिक ब्यारियल सारिने दाबी गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कैलाली र कञ्चनपुरको संयुक्त भुगोल भन्सार कार्यालय र दशगजाको बिचमा भएका कारण समस्या आएको बताए ।
ज्ञापनपत्र बुझाउन धर्मेन्द्र गिरी, गोपाल दाहाल, लक्ष्मण दियाल, गोविन्द सापकोटा, पदम शाह, सशीधर न्यौपाने, आसरे बडायक, कर्मसिंह राना लगायतका स्थानीय भन्सार कार्यालय र जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।