"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीमा १४ जना विरुद्ध चेक अनादरमा मुद्दा दायर

No data was found

Khabar Raftar

पौष २२ धनगढी । जिल्ला अदालत कैलालीमा १४ जना विरुद्ध चेक अनादरमा मुद्धा दायर गरिएको छ । बैंक तथा वित्तीय कम्पनीहरुमा चेक अनादर अर्थात् चेक बाउन्सका घटना बढ्न थालेसंगै १४ जना विरुद्ध चेक अनादरमा मुद्धा दायर गरिएको हो । बैङ्किङ कसुर अन्तर्गत खातामा पर्याप्त रकम नभई पनि भुक्तानीका लागि चेक काट्ने र दिने घटना बढ्न थालेका छन ।

त्यसैगरी चेक बाउन्सका मुद्दा लिएर न्यायिक केन्द्र धाउनेहरुको संख्या पनि बढ्न थालेको छ । जिल्ला अदालत कैलालीले सोमबारका लागि चेक अनादरमा पाँच वादीले १४ जना प्रतिवादी विरुद्ध दायर गरेको मुद्दाका लागि पेसी तोकेको थियो । २०७९ असोज ३० गते चेक अनादर मुद्दामा वादी राजकुमारी चौधरीले प्रतिवादी रामशरण चौधरी सति २ जना विरुद्ध दायर गरिएको मुद्दाको सोमबार पेसी तोकिएको थियो ।

त्यस्तै राजकुमारी चौधरीले २०७९ कार्तिक २३ गते सोही मुद्दामा सुर्बनीदेवी चौधरी सहित २ जना विरुद्ध दायर गरिएको मुद्दाको पनि पेसी तोकिएको थियो । सोही वर्षको कार्तिक २५ गते राजकुमारीले थप २ जना विरुद्ध र २०७९ पौष १९ गते थप २ तथा सोही वर्षको माघ १० गते चेक अनादर विनिमय अधिकार पत्र ऐन २०३४ को दफा १०७ क अन्तर्गत राजकुमारीले रामशरण चौधरी सहित २ जना विरुद्ध दायर गरिएको मुद्दाको पेसी तोकिएको थियो ।

गत वर्षको फागुन १० गते दुगड ब्रदर्स एण्ड प्रालिले लालबहादुर विक विरुद्ध चेक अनादरमा दायर गरिएको मुद्दाको पेसी तोकिएको थियो । चेक अनादरमै भक्तबहादुर साउँदले जगत बहादुर पार्की विरुद्ध, श्याम विष्टले शान्तिदेवी चौधरी विरुद्ध र गजेन्द्रबहादुर भण्डारीले आशिष भण्डारी विरुद्ध दायर गरेको मुद्दाको पनि पेसी तोकिएको थियो ।

बैङ्किङ तथा वित्तीय व्यवस्था अनुसार विनिमय वा भुक्तानीका लागि सहज होस् भन्ने किसिमले जारी गरिएको भुक्तानी आदेशपत्र चेक हो । यस्तो आदेश पत्र खातावालाले जोकोहीको नाममा जारी गर्न सक्छ र बैङ्कले पनि प्रक्रिया मिलेको खण्डमा भुक्तानी दिन सक्छ ।

चेक बैङ्कबाट अनादर वा अस्वीकृत पनि हुन सक्छ । यदि खातावालाले काटेको चेक वित्तीय नियम वा चेकको नियम अनुसार मेल नखाएमा वा चेकमा आदेश गरे अनुसारको रकम नपुगेमा चेक अस्वीकृत हुन सक्छ । जसलाई चेक बाउन्स   भनिन्छ ।

भर्खरै

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो
कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन
डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न
तिङ्कर नाका खुला र नियमित बनाउन माग
बैतडीमा पनि २८ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp-Image-2026-01-16-at-12.19.09

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

1583820423-1024x512

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

f174913f-8e08-4868-b5ba-2059802432f6

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Untitled-46

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

Untitled design_7

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

Death-body-900px

कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

2

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए

OIP

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न