"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कैलालीमा १४ जना विरुद्ध चेक अनादरमा मुद्दा दायर

Khabar Raftar

पौष २२ धनगढी । जिल्ला अदालत कैलालीमा १४ जना विरुद्ध चेक अनादरमा मुद्धा दायर गरिएको छ । बैंक तथा वित्तीय कम्पनीहरुमा चेक अनादर अर्थात् चेक बाउन्सका घटना बढ्न थालेसंगै १४ जना विरुद्ध चेक अनादरमा मुद्धा दायर गरिएको हो । बैङ्किङ कसुर अन्तर्गत खातामा पर्याप्त रकम नभई पनि भुक्तानीका लागि चेक काट्ने र दिने घटना बढ्न थालेका छन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

त्यसैगरी चेक बाउन्सका मुद्दा लिएर न्यायिक केन्द्र धाउनेहरुको संख्या पनि बढ्न थालेको छ । जिल्ला अदालत कैलालीले सोमबारका लागि चेक अनादरमा पाँच वादीले १४ जना प्रतिवादी विरुद्ध दायर गरेको मुद्दाका लागि पेसी तोकेको थियो । २०७९ असोज ३० गते चेक अनादर मुद्दामा वादी राजकुमारी चौधरीले प्रतिवादी रामशरण चौधरी सति २ जना विरुद्ध दायर गरिएको मुद्दाको सोमबार पेसी तोकिएको थियो ।

त्यस्तै राजकुमारी चौधरीले २०७९ कार्तिक २३ गते सोही मुद्दामा सुर्बनीदेवी चौधरी सहित २ जना विरुद्ध दायर गरिएको मुद्दाको पनि पेसी तोकिएको थियो । सोही वर्षको कार्तिक २५ गते राजकुमारीले थप २ जना विरुद्ध र २०७९ पौष १९ गते थप २ तथा सोही वर्षको माघ १० गते चेक अनादर विनिमय अधिकार पत्र ऐन २०३४ को दफा १०७ क अन्तर्गत राजकुमारीले रामशरण चौधरी सहित २ जना विरुद्ध दायर गरिएको मुद्दाको पेसी तोकिएको थियो ।

गत वर्षको फागुन १० गते दुगड ब्रदर्स एण्ड प्रालिले लालबहादुर विक विरुद्ध चेक अनादरमा दायर गरिएको मुद्दाको पेसी तोकिएको थियो । चेक अनादरमै भक्तबहादुर साउँदले जगत बहादुर पार्की विरुद्ध, श्याम विष्टले शान्तिदेवी चौधरी विरुद्ध र गजेन्द्रबहादुर भण्डारीले आशिष भण्डारी विरुद्ध दायर गरेको मुद्दाको पनि पेसी तोकिएको थियो ।

बैङ्किङ तथा वित्तीय व्यवस्था अनुसार विनिमय वा भुक्तानीका लागि सहज होस् भन्ने किसिमले जारी गरिएको भुक्तानी आदेशपत्र चेक हो । यस्तो आदेश पत्र खातावालाले जोकोहीको नाममा जारी गर्न सक्छ र बैङ्कले पनि प्रक्रिया मिलेको खण्डमा भुक्तानी दिन सक्छ ।

चेक बैङ्कबाट अनादर वा अस्वीकृत पनि हुन सक्छ । यदि खातावालाले काटेको चेक वित्तीय नियम वा चेकको नियम अनुसार मेल नखाएमा वा चेकमा आदेश गरे अनुसारको रकम नपुगेमा चेक अस्वीकृत हुन सक्छ । जसलाई चेक बाउन्स   भनिन्छ ।

भर्खरै

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण
नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने
जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता
बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए
नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने
अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार
चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ
ट्यांकरले ठक्कर दिदा गोदावरीकी युवतीको मृत्यु
टीकापुरमा रहेको गौशालामा चौपायालाई खुवाउने आहाराको अभाव

धेरै कमेन्ट गरिएको

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

a

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

bbb

नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने

11

जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता

a

सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता

11

बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए

Capture

नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने

pree

अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 100

चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ