"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कृष्णपुरमा सिकलसेल र थालेसिमिया पहिचानका लागि स्वास्थ्य शिविर

No data was found

Khabar Raftar

पौष २२ कञ्चनपुर । कृष्णपुर नगरपालिकाको स्वास्थ्य शाखाले सिकलसेल एनिमिया र थालेसिमिया रोग पहिचान तथा निदानका लागी स्वास्थ्य शिविरको आयोजना गरेको छ । निमेष सामुदायिक अस्पताल गुलरियाको प्राविधिक सहयोगमा नगरपालिकाको स्वास्थ्य शाखाले वडा नम्बर ८ स्थित रैकवार बिचवा स्वास्थ्य चौकीमा शिविरको आयोजना गरेको हो ।

No data was found

थारु समुदायलाई लक्षित गरी आयोजना गरिएको शिविरमा सोमबार बिहानैदेखि स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी,र स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो । शिविरमा नगरप्रमुख हेमराज ओझा र उपप्रमुख द्रोपती रानाको नेतृत्वमा जनप्रतिनिधिहरूको टोलीले निरन्तर अनुगमन गरिरहेका थिजए ।

शिविरले सिकलसेल एनिमिया र थालेसिमिया जस्ता गम्भीर र विरलै पहिचान हुने रोगहरूको परीक्षण र निदानका लागि थारु समुदायका सबैलाई सुनौलो अवसर प्रदान गरेको बताईएको छ । स्वास्थ्यकर्मीको टोली उपकरण र विशेषज्ञ ज्ञान सहित सेवामा जटेको थियो ।

नगर प्रमुख हेमराज ओझाले शिविरको औपचारिक उद्घाटन गर्दै स्वास्थ्य शिविरले स्थानीय समुदायलाई दीर्घकालीन फाइदा पु¥याउने बताए । समुदायको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको बताउदै उनले शिविरले समुदायमा सचेतना र रोग पहिचानका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।

स्वास्थ्य शाखाले शिविरमा सहभागी भएर आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिई आवश्यक परामर्श लिन सबैलाई आग्रह गरेको छ । शिविरको प्रारम्भ देखि स्थानीय वासीको उत्साहजनक सहभागिता रहेको बताइएको छ ।

शिविरमा स्वास्थ्य परीक्षणसँगै स्वास्थ्य शिक्षा, परामर्श, र रोग नियन्त्रण सम्बन्धी जानकारी समेत उपलब्ध गराइएको थियो । थारु समुदायलाई लक्षित गर्दै सञ्चालन गरिएको शिविरले सिकलसेल र थालेसिमिया रोगको पहिचान गर्न सहज हुने बताईएको छ ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ