"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

सरकारले सार्वजनिक यातायातको भाडा बढायो

Khabar Raftar

पौष २२ धनगढी । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । सोमबार देखि लागु हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाएको हो । काठमाण्डौं–चिसापानीको भाडा २ हजार ९ रुपैयाँबाट बढाएर २ हजार ४ सय ११ रुपैयाँ पुगाइएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

काठमाण्डौं–धनगढी–सिलगढी–साँफेबगरको भाडा तीन हजार चार सय २१ रुपैयाबाट बढाएर चार हजार एक सय ५ रुपैयाँ पु¥याइएको छ । यस्तै काठमाण्डौं–महेन्द्रनगर सम्मको भाडा २ हजार चार सय ३२ रुपैयाँबाट बढाएर २ हजार ९ सय १९ पु¥याइएकोे छ ।

काठमाण्डौं देखि अत्तरिया हुँदै डडेल्धुराको भाडा २ हजार ८ सय ४२ बाट बढाएर तीन हजार ४ सय ११ रुपैयाँ पु¥याइएको छ । त्यसैगरी काठमाण्डौं–अत्तरिया–डडेल्धुरा हुँदै बैतडी सम्मको भाडा तीन हजार २ सय ५८ बाट बढाएर तीन हजार ९ सय ९ रुपैयाँ पु¥याइएको छ । गुलरिया–धनगढीको भाडा ६ सय ६१ बाट बढाएर ६ सय ७३ पु¥याइएकोे छ ।

चुनेपानी–डडेल्धुराको भाडा पाँच सय ३६ बाट बढाएर ६ सय ४३ रुपैयाँ पु¥याइएकोे छ । धनगढी–नेपालगन्जको भाडा ७ सय २३ बाट बढाएर ८ सय ६७, धनगढी–विराटनगरको भाडा २ हजार ८ सय १८ बाट बढाएर तीन हजार ३ सय ८१, धनगढी–स्याङ्जा–पोखराको भाडा २ हजार एक सय ८८ बाट बढाएर २ हजार ६ सय २६, नाउँडाडा–बुटवल–धनगढीको भाडा एक हजार ९ सय १७ बाट बढाएर २ हजार तीन सय, पोखरा–नारायणगढ हुँदै धनगढीको भाडा २ हजार तीन सय ४१ बाट बढाएर २ हजार ८ सय १० र वीरगन्ज–धनगढीको भाडा २ हजार २ सय ७४ बाट बढाएर २ हजार ७ सय २९ रुपैयाँ पु¥याइएकोे छ ।

यातायात विभागले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका सवारी साधको भाडा बढाएको हो । यात्रुवाहक सवारीमा ३ दशमलव ३० प्रतिशत भाडा बढाइएको छ ।

पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा शून्य दशमलव ८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा शून्य दशमलव शून्य ५ प्रतिशतले बढाइएको छ ।

सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्चबारे गरिएको बजार अध्ययन तथा विश्लेषणका आधारमा भाडा समायोजन गरिएको विभागले जनाएको छ ।

भर्खरै

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण
नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने
जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता
बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए
नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने
अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार
चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ
ट्यांकरले ठक्कर दिदा गोदावरीकी युवतीको मृत्यु
टीकापुरमा रहेको गौशालामा चौपायालाई खुवाउने आहाराको अभाव

धेरै कमेन्ट गरिएको

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

a

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

bbb

नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने

11

जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता

a

सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता

11

बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए

Capture

नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने

pree

अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 100

चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ