पौष २२ धनगढी । सुदूरपश्चिमबाट बीमा कम्पनीहरुले पाँच महिनाको ९६ करोड रुपैयाँ संकलन गरेका छन् । चालु आर्थिक वर्षको मंसिर मसान्त सम्म बीमा कम्पनीहरुले पाँच महिनाको ९६ करोड रुपैयाँ संकलन गरेका हुन । बीमा कम्पनीहरुले सुदूरपश्चिम प्रदेशमा ६० हजार बीमा लेख जारी गरी ९६ करोड रकम संकलन गरेका हुन् ।
सुदूरपश्चिम प्रदेशमा जीवन बीमा गराउनेको संख्या १३ प्रतिशत पुगेको नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख हृदयश्वर पण्डितले बताए । गत आर्थिक वर्षको पहिलो ५ महिनामा कुल ५९ हजार ७ सय ३७ वटा बीमा लेख जारी भएर बीमा कम्पनीहरुले ७४ करोड ५६ लाख प्रथम बीमा शुल्क वाफत संकलन गर्न सफल भएको उनले जानकारी गराए ।
चालु आर्थिक वर्षको पाँच महिनामा बीमा गराउनेको संख्यामा साढे १ प्रतिशतले वृद्धि भएको समेत उनले जानकारी गराए । चालु आर्थिक वर्षको मंसिर मसान्त सम्म सुदूरपश्चिम प्रदेशबाट प्रथम बीमा शुल्क वाफत विभिन्न बीमा कम्पनीहरुले ९५ करोड ८२ लाख रुपैयाँ संकलन गरेको उनले जानकाी गराए । सुदूरपश्चिम प्रदेशमा बीमाको कारोबार थोरै भए पनि बढ्दो क्रममा रहेको पण्डितले जानकारी गराए ।
बीमा कम्पनीहरुले सुदूरपश्चिम प्रदेशबाट पाँच महिनाको अवधिमा बीमा नवीकरण वाफत तीन अर्ब १६ करोड रुपैयाँ संकलन गरेको उनले जानकारी गराए । उक्त अवधिमा ५ हजार ६ सय ८८ बीमित तथा बीमितले इच्छाएको व्यक्तिलाई दाबी भुक्तानी गरिएको उनले बताए । ८२ करोड ३ लाख रुपैयाँ दाबी भुक्तानी गरिएको उनले बताए ।
साथै तीन हजार ६ सय ६१ बीमित तथा बीमितले इच्छाएको व्यक्तिलाई भुक्तानी गर्ने प्रक्रिया अघि बढाइएको उनले जानकारी गराए । बीमितलाई १८ करोड ८५ लाख दाबी भुक्तानी गरिन लागेको उनले बताए । संभावित जोखिमबाट बच्च बीमा गर्ने गरिएको बताउदै उनले अहिले पनि अधिकांश नागरिक बीमाको पहुचबाहिर रहेको बताए । सुदूरपश्चिम प्रदेशमा एक लाख २५ हजार बीमितले आफ्नो बीमा नवीकरण नगरेको उनले बताए ।
बीमितहरुले २ अर्ब ९४ करोड मूल्यको बीमा पोलिसी नवीकरण नगरेको पाइएको उनले जानकारी गराए । सुदूरपश्चिम प्रदेशमा निर्जीवन बीमातर्फ चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा ६० हजार ५ सय ८९ पोलिसी जारी गरिएको उनले जानकारी गराए ।
निर्जीवन बीमा गरेकाहरु मध्ये उक्त अवधिमा एक हजार ४ सय ७५ जनाले भुक्तानीका लागि दाबी पेश गरेको उनले बताए । तीमध्ये एक हजार १ सय ५४ बीमितको २१ करोड ४१ लाख रुपैयाँ भुक्तानी गरिएको उनले जानकारी गराए । २ हजार पाँच सय ६५ विमा भुक्तानीको प्रक्रियामा रहेको उनले जानकारी गराए ।