अवैध मदिराको कारोबार खुल्ला रुपमा हुदै आएको छ । गाउ“घरमा मात्र होईन धनगढीका मुख्य बजारमा रहेका होटलहरुमा समेत अबैध मदिराको खुल्ला कारोबार हुदै आएको छ ।
कहिले काही अबैध मदिरा नियन्त्रणमा लीई प्रहरीले नष्ट गर्ने गरेको भए पनि होटलहरुबाट भने प्रहरीले मदिरा नियन्त्रणमा लिन सकेको छैन । बजारका हरेक होटलहरुमा लोकल अबैध मदिरा विक्रि वितरण हुदै आएको भए पनि प्रहरी पप्रशासनको ध्यान त्यता तीर जान सकेको छैन ।
गाउ“मा मदिरा बनाएर पेटपाल्दै आएका सर्ब साधारणको मात्र पेटमा लात हान्ने काम हुदै आएको छ । त्यही अबैध मदिरामा पानी मीसायर अबैध मदिराको कारोबार गर्दै आएका होटल सञ्चालकहरु भने मोटाउदै गएका छन । धनगढी उप महानगरपालिकाका अधिकांश होटलहरुमा अबैध मदिरा विक्रि वितरण हुदै आएको छ ।
त्यस्ता होटलहरुमा छापा मारेर अबैध मदिरालाई नियन्त्रणमा लिएर त्यस्ता होटलहरुलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ । अवैध घरेलु मदिरालाई कित इजाजत दिनु पर्छ होईन भने होटलहरुमा समेत छापा हानेर अबैध मदिरा नष्ट गरी करबाही गर्न आवश्यक छ ।
प्रहरीले कसैलाई काखा कसैलाई पाखा नगरी धनगढीका साना साना होटलहरुबाट अबैध मदिरा बरामद गरी नष्ट गर्ने अभियान चलाउन आवश्यक छ । राजश्व पनि नतिर्ने र होटलहरुले थप विषादी मीलायर पानी थपी बेच्ने अबैध मदिराले मानव स्वाश्थ्यमा असर पर्ने भएकाले प्रहरी प्रशासन र सम्बन्धित निकायले योजना सहित अगाडी बढ्न आवश्यक छ ।
होईन भने गाउ“घरमा बनाउन सकिने त्यस्ता घरेलु मदिराहरुलाई बैधानिकता दिन आवश्यक छ । नत्र भने कुनै मापदण्ड नभएका विषदी प्रयोग गरिएका अबैध मदिराको कारोबार बन्द गर्न आवश्यक छ । त्यसैले मापदण्ड विना बनाईएका अबैध मदिराको कारोबार बन्द गरौ ।