पौष २२ धनगढी । कैलालीको धनगढी उपमहानगरपालीका वडा नम्बर १२ स्थित श्री नवदुर्गा आधारभूत विद्यालय बिगाउँ, जनकबस्ती, जुगेडाका संपूर्ण विद्यार्थीहरूलाई हिउदको चिसोबाट जोगिन ऊनका टोपीहरू सहयोग गरिएको छ ।
दक्षिण कोरियामा कार्यरत कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर १८ फूलबारी एफगाउका दिपक बिकले. श्री नवदुर्गा आधारभूत विद्यालय बिगाउँ, जनकबस्ती, जुगेडाका संपूर्ण विद्यार्थीहरूलाई हिउदको चिसोबाट जोगिन ऊनका टोपीहरू सहयोग गरेका हुन ।
विद्यालयका शिक्षक गणेशबहादुर नेपालीले विकले चिसोमा उनका टोपी सहयोग गरेर उच्च मानवीय सेवा गरेको बताउनु भयो ।
विद्यालयका प्रधानाध्यापक नृपबहादुर ठकुल्लाले निलो रंगका टोपीहरू विद्यार्थीहरूलाई लगाइ दिदै मनकारी व्यक्तित्व दिपक बिकलाई हृदय देखि धन्यवाद र कृतज्ञता ज्ञापन गरेको उनले जानकारी गराए ।
टोपी वितरण कार्यक्रममा विद्यालयका शिक्षकहरू सत्यदेवी स्नेही, देवी जोशी भडारी र सीसा थापा भण्डारीको उपश्थिति रहेको शिक्षक नेपालीले जानकारी गराए ।