"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

खप्तड राष्ट्रिय निकुञ्जमा एक बर्षमा तीन हजार बढि पर्यटक पुगे

Khabar Raftar

पौष २१ धनगढी । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध प्रमुख धार्मिक तथा पर्यटकीय स्थल खप्तड राष्ट्रिय निकुञ्जमा एकबर्षको अबधीमा तीन हजार बढि पर्यटक पुगेका छन । बाजुरा, बझाङ, अछाम र डोटीको सिमानामा अवस्थित धर्तीको भू–स्वर्गका नामले चिनिने खप्तड राष्ट्रिय निकुञ्जमा एक बर्षको अबधीमा तीन हजार बढि पर्यटक पुगेका हुन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

राष्ट्रिय निकुञ्जका अनुसार हिउँद भन्दा बर्खायाममा बढी पर्यटकहरु घुम्न आउने गरेका छन भने आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् । खप्तडमा दिन प्रतिदिन स्वदेशी तथा विदेशी पर्यटकहरुको संख्यामा बृद्धि हुदै गएरहेको खप्तड राष्ट्रिय निकुञ्जका प्रमुख रमेशकुमार यादवले जानकारी गराए ।

गत आर्थिक बर्ष २०८०÷०८१ मा स्वदेशी विदेशी गरी ३ हजार ३ सय ७० जना स्वदेशी र सार्क राष्ट्रका ३२ तथा त्यस बाहेकका देशहरुबाट २६ जना सहित ३ हजार ४ सय २८ जना खप्तडमा पुगेको उनले जानकारी गराए । राष्ट्रिय निकुञ्ज प्रमुख यादवले खप्तडमा लाग्ने गंगा दशहरा मेला बाहेक अरु समयमा घुम्न आउने पर्यटकहरुबाट शुल्क समेत लिने गरेको बताए ।

स्वदेशी तथा विदेशीको फरक–फरक शुल्क निर्धारण गरिएको बताउदै उनले खप्तडमा घुम्न आउने स्वदेशी पर्यटकहरुका लागि एक सय, सार्क राष्ट्रका लागि ७ सय ५० र अन्य विदेशी पर्यटकहरुका लागि एक हजार ५ सय रुपैयाँ शुल्क कायम गरिएको प्रमुख यादवले जानकारी गराए । राष्ट्रिय निकुञ्ज प्रमुख यादवले अहिले पनि पर्यटकहरुका लागि उचित खाने बस्ने व्यवस्था नहुँदा सोचे अनुरुप पर्यटकहरुको संख्या बढ्न नसकेको बताए ।

खप्तडमा सबैभन्दा बढी पर्यटक बझाङको लोखडाबाट घुम्न आउने गरेको उनले बताए । खप्तड क्षेत्रभित्र धार्मिक तथा ऐतिहासिक स्थल, प्राकृतिक दृश्यका साथै विभिन्न जङ्गली जनावर समेत देख्न सकिने उनले बताए । त्रिवेणी धाम, नागढुङ्गा, खप्तड स्वामीको आश्रम, २२ पाटन लगायत क्षेत्र मनमोहक भएको उनले बताए । खप्तड क्षेत्रमा जेठ महिनामा गङ्गा दशहरा मेला तथा जनैपूर्णिमाका दिन भव्य जात्रा लाग्ने उनले बताए ।

राष्ट्रिय निकुञ्जमा करिब ५ बर्ष अघि खप्तड क्षेत्रमा आउने पर्यटकको सहज आवास सुविधाका लागि दुई वटा आवास गृहका भवनहरु निर्माण गर्न सुरु गरिएको भए पनि हाल सम्म पनि निर्माण हुन नसकेको बताईएको छ । सुविधायुक्त भवन अभावमा खप्तड पुगेका पर्यटक चिसोले कठ्यांग्रिएर रात बिताउन बाध्य भएको बताईएको   छ ।

करोडौंका सुविधायुक्त भवन ठेकेदारको लापरबाही र अहिले बजेट अभावका कारण निर्माण सम्पन्न हुन नसकेर अलपत्र रहेको निकुञ्जले जनाएको छ । खप्तड क्षेत्रमा जाडोयाममा ६ देखि ७ फिटसम्म हिँउ जम्ने र अत्याधिक चिसोले सोलारबाट प्राप्त हुने विद्युत पर्याप्त नहुने र सोलारमा समेत हिँउ जमेर टेलिफोन, सञ्चार, नेट इन्टरनेट सेवा अवरुद्ध हुने बताइएको छ ।

निकुञ्जका कर्मचारी, सुरक्षाकर्मी, तीर्थयात्री, पर्यटक र होटल व्यवसायीहरुको जीवन कष्टकर हुने गरेकाले तत्काल विद्युत र सञ्चार सेवाको पहुँचमा पर्याउन आवश्यक रहेको खप्तड राष्ट्रिय निकुञ्जले जनाएको छ । त्यसैगरी निकुञ्जले गत आर्थिक बर्षमा गिट्टी बालुवा र ढुगांको जरिवाना स्वरुप ८ लाख राजस्व संकलन गरेको बताईएको छ ।

त्यस्तै पर्यटकहरुबाट आन्तरिक पर्यटकबाट ३ लाख ३७ हजार सार्क राष्टका पर्यटकबाट २४ हजार र अन्य पर्यटक बाट ३९ हजार गरी ४ लाख रुपैया राजस्व संकलन गरिएको निकुञ्ज कार्यालयले जानकारी गराएको छ ।

भर्खरै

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन
लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ
संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै
बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी
कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन
बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु
तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न
नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा
दुई वर्षकी छोरी सहित कैलालीकी मीरा मृत अबश्थामा भेटिइन
ठेकेदारको लाफरबाहीका कारण सुर्मीनाला मोटरेबल पुल अलपत्र

धेरै कमेन्ट गरिएको

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

pakrau-1

लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ

garbha darbar

संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै

chaau

बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी

bardagproya

कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन

amar-khadka

बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु

0bd4305b-745c-47c6-bb7d-1baf57c51e98-e1738919723215

तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न

ghurala-pool-high-risky_jhblsmNBz8-e1738902590751

नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा