पौष २१ कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेका २५ जना दृष्टिविहिन व्यक्तिहरुलाई सेतो छडी प्रदान गरिएको छ । शनिबार स्वावलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेडले २५ जना दृष्टिविहिन व्यक्तिहरुलाई सेतो छडी प्रदान गरेको हो ।
कृष्णपुर दृष्टिविहिन संघ नेपालले आयोजना गरेको दृष्टिविहिन अपांगता भएका व्यक्तिहरुको अन्र्तराष्ट्रिय लुईस बेल दिवस कार्यक्रममा संस्थाले उक्त सहयोग गरेको हो ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त कार्य गरेको जानकारी गराएको छ । शनिबार नगरपालिकाको वडा नंम्बर २ वाणीमा औपचारीक कार्यक्रम गरी अन्र्तराष्ट्रिय लुईस बेल दिवस समेत मनाएको छ ।
कृष्णपुर दृष्टिविहिन संघ नेपालका अध्यक्ष करन सिँ साउँदको सभापतित्वमा सम्पन्न कार्यक्रमकी प्रमुख अतिथि कृष्णपुर नगरपालिकाकी उपप्रमुख द्रोपती राना रहेकी थिईन ।
कार्यक्रममा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि धनगढीका क्षेत्रीय प्रबन्धक राजेन्द्र कुमार श्रेष्ठ, कृष्णपुर शाखाका प्रमुख श्याम कुमार रमौली लगायत संघमा आवद्ध ५० जना दृष्टिविहिन तथा अन्य अपांगता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।