पौष २१ डडेल्धुरा । डडेलधुराको एक मन्दिरमा १ सय २५ किलोको दमाहा (दाइना) चढाइएको छ ।
अजमेरु गाउँपालिका वा नम्बर–१ मा रहेको धार्मिक तथा ऐतिहासिक मन्दिर कोला समैजीमा दाइना चढाइएको हो ।
पूर्व राजपरिषद् स्थायी समिति सदस्य स्वर्गीय कर्ण बहादुर भण्डारीका छोरा भक्त भण्डारीले उक्त दमाहा धार्मिक तथा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि मन्दिरमा चढाएका हुन ।
हाल अमेरिकामा बसोबास गर्दै आएका उनले काठमाडौंमा निर्माण गरेको दमाहा २० गते कोला समैजीको मन्दिरमा स्थानीय धार्मिक व्यक्तिबाट बोकाएर मन्दिरमा पु¥याएका थिए ।
सबैभन्दा ठूलो र महत्व राख्ने दमाहले कोला समैजीको मन्दिरको शोभा बढाउनका साथै धार्मिक आकर्षण समेत बढ्ने स्थानीयले बताएका छन ।
Post Views: 16