पौष २१ धनगढी । प्रदेश स्तरीय नृत्य तथा गायन विधाको प्रतियोगिता एसईई आइडलको चौथो संस्करणको एघारौं र बाह्रै अडिसन शनिबार सम्पन्न भएका छन् । कैलालीको पहाडी पालिका चुरेको शिव माध्यामीक विद्यालय किम्तोलामा एघारौं र डोटीको जोरायल गाउँपालीका दुर्गा माध्यामीक विद्यालय लमौत्येमा बाह्रैं अडिसन सम्पन्न भएका हुन ।
एघारौं अडिसनमा शिव माध्यामीक विद्यालय किम्तोला र भानु माध्यामीक विद्यालय, चित्रपुरका ८ जना र बाह्रौं अडिसनमा जोरायल गाउँपालीका दुर्गा माध्यामीक विद्यालय , महाकाली माध्यामीक विद्यालय, र नवोदय माध्यामीक विद्यालय. का ११ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । एघारौं अडिसन कार्यक्रममा बोल्दै शिव माध्यामीक विद्यालयका अध्यक्ष हिक्मत भाटले आउँदा बर्षहरुमा पनि दुरदराजमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्नैब ताए ।
दुवै अडिसनमा सहभागी जोरायल गाउँपालीका शिक्षक महासंघका अध्यक्ष गणेश बमले मञ्चको अभावमा खुम्चिएका प्रतिभाले यस्ता कार्यक्रमबाट मुखरित हुने अवसर पाउने भएकाले आफु खुसी भएको बताए । गत तीन वटा संस्करणको भव्य सफलता पछि सुरु भएको एसईई आइडलको चौथो संस्करणको सुदूरपश्चिमका ९ वटा जिल्लाका ३० भन्दा बढी स्थानहरुमा अडिसनहरु आयोजना गरिने आयोजक संस्थाका प्रकाश छेडालले जानकारी गराए ।
यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउने उनले बताए । यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले प्रतिस्पर्धात्मक प्रदर्शन गर्न पाउने उनले बताए । यस बर्षको साउन देखि फाल्गुण सम्म सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्ला भरी अडिसन प्रतियोगिताहरु संचालन हुँने उनले बताए ।
नृत्य र गायन विधाका उत्कृष्ट ३०–३० जना प्रतिस्पर्धिहरुले २०८२ बैशाखमा हुने सेमिफाइनलमा प्रवेश पाउने बताउदै उनले सेमिफाइनलमा उत्कृष्ट हुने नृत्य र गायन विधाका १५–१५ जना प्रतिस्पर्धीहरुले २०८२ असार १ गते हुने फाईनलमा प्रवेश पाउने जानकारी गराए ।
फाईनलबाट दुवै विधामा १–१ जना विजेता र १–१ जना उपविजेता छनोट गरिने उनले बताए । दुवै विधाका विजेता र उप विजेताले क्रमशः ७५–७५ हजार र ३०–३० हजार नगद सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउने उनले जानकारी गराए । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले पनि कक्षा ११–१२ मा आंशिक छात्रवृत्ति पाउने उनले जानकारी गराए ।