भरत दास, पौष २० अत्तरीया । केही दिन देखी चर्चामा रहको लोकगित ढोग दियाको बिषयलाई लिएर देउडा सांस्कृतीक संरक्षण प्रतिष्ठान सुदूरुपश्चिम प्रदेश समितिले आपत्ती जनाएको छ । देउडा सांस्कृतीक संरक्षण प्रतिष्ठानले सुदूरको मौलीकता संस्कार भाषा सस्कृतीलाई होच्याएको भन्दै विज्ञप्ती जारी गरी आपत्ती जनाएको हो ।
देउडा सांस्कृतीक संरक्षण प्रतिष्ठानका सुदूरपश्चिम प्रदेश अध्यक्ष धुर्ब बहादुर सिंहले हस्ताक्षर गरेको बिज्ञप्तीमा कुनै भेग समुदायसंग जोडिएको पुजनिय संस्कार र संस्कृतीलाई होच्याउने गित संगित प्रति घोर आपत्ती जनाउदै सम्बन्धीत निकायको ध्यानाकर्षण गरिएको छ ।
परम्परा मौलिकता सभ्यता र संस्कारसंग जोडिएको ओजपूर्ण शब्द र शिष्टताको खिल्ली उडाउने र अपहेलित गर्ने गरी दुरुपयोग गरिनु निन्दनीय भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । दिन प्रतिदिन काली कर्णालीको संस्कारको बेइजत हुने गरी बिभिन्न सामाजिक संजालमा प्रकाशन तथा प्रशारण हुदै आएका अपाच्य गित संगित वा सामाजिक संजालमा रहेका बिषयबस्तु प्रति गम्भिर आपत्ती जनाईएको छ ।
बिज्ञप्तीमा सामाजिक संजालमा कर्णाली र सुदूरपश्चिम प्रदेशका सामाजिक संजाल कर्ताले समेत आपत्ती जनाएको उल्लेख गरिएको छ । संस्कृति माथि गलत प्रचार र बिकृति तिर धकेल्दै सुदूरपश्चिमेली संस्कृती ढोग दिया जस्तो पबित्र आदर सूचक सम्मानित शब्दको दुरुपयोग गरिनुले सुदूरपश्चिमबासीको अपमान भएको उल्लेख गरिएको छ ।
काली–कर्णालीको लोक संस्कृती र प्राचीन, धार्मिक सभ्यतासंग जोडिएको आफैमा एउटा विशाल अर्थ बोकेको शब्द ढोग दियाको गलत अर्थ लगाउने र गिज्याउने जो कोही भए पनि कडा भन्दा कडा कार्वाही गरिनुपर्ने विज्ञप्ती मार्फत माग गरिएको छ । सामाजिक संजालकर्ताले सामाजिक संजाल मार्फत आपत्ती जनाएका छन ।