"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

सुदूरपश्चिम प्रदेशमा एकैदिन १३ जना युवा लागुऔषध सहित पक्राउ

Khabar Raftar

पौष २० धनगढी । सुदूरपश्चिम प्रदेशमा एकैदिन १३ जना युवालाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेशका तीन वटा जिल्ला कैलालीबाट १० जना, कञ्चनपुरबाट १ जना र डडेल्धुराबाट २ जना गरी एकैदिन १३ जना युवालाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर–२ भन्सार कार्यालय नजिकबाट, कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर–७ बस्ने ३४ वर्षीय मोहन रानालाई पक्राउ गरेको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

रानाले चलाएको से ४ प ६८५९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकलको हेण्डल भित्र लुकाइ छिपाई राखेको अवस्थामा ६ ग्राम १ सय ८० मिलिग्राम लागूऔषध सहित उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी गराएको   हो । त्यसैगरी धनगढी उपमहानगरपालिका वडा नम्बर–१० घुइयाघाटबाट धनगढी उपमहानगरपालिका वडा नम्बर–७ बस्ने २५ वर्षीय प्राभुपन रानाले चलाएको सुुदूरपश्चिम प्रदेश ०१–००९ प ५६२४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकलको अगाडीको भागमा लुकाइ छिपाई राखेको अवस्थामा ८ सय ४० मिलिग्राम लागूऔषध फेला पारी मोटरसाईकल चालक राना र पछाडी सवार १ जना गरी २ जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

लागुऔषध नियन्त्रण व्युरो शाखा धनगढी र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर–२ त्रिनगर भन्सार चोकबाट सुदूरपश्चिम प्रदेश ०१–०११ प ६५३८ नम्बरको स्कुटरलाई चेकजाँच गर्दा चालक धनगढी उपमहानगरपालिका वडा नम्बर–१३ बस्ने २९ वर्षीय बाहाली राना र स्कुटर पछाडी सवार धनगढी उपमहानगरपालिका वडा नम्बर–६ बस्ने ३१ वर्षीय दिपक रानालाई ५ सय मिलिग्राम लागूऔषध सहित पक्राउ गरेको छ ।

त्यसैगरी सोही प्रहरी टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर–१३ झोलुङ्गेपुल नजिकबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर–९ बस्ने २४ वर्षीय प्रदिप राना र ३० वर्षका अनिल रानालाई ८ सय ९० मिलिग्राम लागूऔषध सहित पक्राउ गरेको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका वडा नम्बर–२ आखाँ अस्पताल नजिक सडक खण्डबाट सोही ठाउँ बस्ने २३ वर्षीय विक्रम बुढा र १९ वर्षीय मिलन टमटालाई पक्राउ गरेको छ ।

दुबै जनालाई ८० मिलिग्राम लागू औषध (खैरो हेरोइन)सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरी टोलीले बैतडीको पाटन नगरपालिका वडा नम्बर–८ घर भई हाल धनगढी उपमहानगरपालिका वडा नम्बर–३ केदार टोलमा नास्ता पसल संचालन गरी बसेका ४० वार्षीय रोसन महरालाई पक्राउ गरेको छ ।

महराको नास्ता पसलमा खानतलासी गर्दा पसलबाट ६९ ग्राम ३ सय ४० मिलिग्राम लागूऔषध (चरेश) र १० लिटर अवैध घरेलु मदिरा समेत बरामद गरी उक्त पदार्थ र महरालाइ प्रहरीले नियन्यत्रणमा लिएको छ । त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–१८ खैरभट्टीमा लागूऔषधको कारोबार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा सोही ठाउँ बस्ने ३१ वर्षीय कैलाश लुहारलाई प्रहरीले पक्राउ गरेको छ ।

लुहारको घर खानतलासी गर्दा शुन्य दश्मलव ५४ ग्राम खैरो हेरोइन फेला पारी उनलाई लागूऔषध नियन्त्रण व्युरो शाखा महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट सालघारी कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । त्यसैगरी डडेल्धुराबाट थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर–५ बागबजार स्थित बसपार्कबाट नवदुर्गा गाउँपालिका वडा नम्बर–२ बस्ने २६ वर्षीय खेम राज भट्टलाई शुन्य दशमलव २० मिलिग्राम खैरो हेरोइन र डोटीको शिखर नगरपालिका वडा नम्बर–८ गोबघाट बस्ने २६ वर्षीय साजन बलायरको साथबाट प्रिगासप्ट नामक लागूऔषध २५ ट्याब्लेट फेला पारी उक्त पदार्थ र उनीहरुले प्रयोग गरेको सुदूरपश्चिम प्रदेश ०१–००९ प ९६५२ नम्बरको मोटरसाईकल सहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

घटनाहरुलाई हेर्दा सुदूरपश्चिम लागूऔषध प्रयोगकर्ता र कारोबारीको हटस्पट बन्दै गएको देखिएको छ । कैलाली र कञ्चनपुरमा यसका सेवनकर्ता र कारोबारी बढीरहेका छन् । सुदूर पहाडमा पनि यसको प्रभाव बढ्दै गएको छ । दैनिक ब्यक्तिहरु पक्राउ गरिने भए पनि यसको नियन्त्रणमा नेपाल प्रहरी सफल हुन सकेको छैन । यसमा कानूनी अड्चन पनि देखिएको छ ।

लागूऔषध सम्बन्धी बनेको कानूले प्रयोगकर्तालाई बढीमा ९० दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ । त्यसपछि सुधारकेन्द्र पठाउनु पर्ने प्रावधान छ । सबै प्रयोगकर्ता सुधारकेन्द्र भने जाने गरेका छैनन् ।

प्रहरी नियन्त्रणबाट छुटेकाहरु पुनः लागूऔषध प्रयोगमा संलग्न हुन थालेपछि यसको नियन्त्रणमा चुनौति देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले बताए । कैलाली कञ्चनपुर सहित पहाडका विभिन्न क्षेत्रबाट लागूऔषध प्रयोगकताहरुलाई पक्राउ गर्ने गरिएको भए पनि उनीहरुले ९० दिनभित्रै सहज रुपमा उन्मुक्ति पाउँदै आएका छन् ।

भर्खरै

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन
लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ
संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै
बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी
कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन
बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु
तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न
नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा
दुई वर्षकी छोरी सहित कैलालीकी मीरा मृत अबश्थामा भेटिइन
ठेकेदारको लाफरबाहीका कारण सुर्मीनाला मोटरेबल पुल अलपत्र

धेरै कमेन्ट गरिएको

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

pakrau-1

लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ

garbha darbar

संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै

chaau

बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी

bardagproya

कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन

amar-khadka

बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु

0bd4305b-745c-47c6-bb7d-1baf57c51e98-e1738919723215

तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न

ghurala-pool-high-risky_jhblsmNBz8-e1738902590751

नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा