"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित

No data was found

Khabar Raftar

मंसिर २४ धनगढी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा वर्षासँगै हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । सुदूरपश्चिम प्रदेशका उच्च लेकाली क्षेत्रमा वर्षासँगै हिमपात हुँदा जनजीवन प्रभावित भएको हो । दार्चुलाको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलील गायतका उच्च लेकाली स्थानमा हिमपात भएको बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी गराए । उनले बैतडीसँगै, डडेल्धुरा, डोटी लगायतका पहाडी जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएको जानकारी गराएका हुन ।

No data was found

हिमपात र वर्षाका कारण चिसो बढेको बताउदै उनले चिसोका कारण जनजीवन प्रभावित हुँदै गएको
बताए । दैनिक ज्याला मजदुरी गर्ने मजदुर, बालबालिका र वृद्धवृद्धा चिसोका कारण बढी प्रभावित भएको उनले जानकारी गराए । उनले वर्षा र हिमपात भएपछि किसान हर्षित भएको बताए । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भएकाले किसान हर्षित भएको उनले बताए । त्यसैगरी दार्चुलाको उच्च पहाडी भेगमा आइतबार देखि मौसममा आएको परिवर्तनसँगै जिल्लाकान विभिन्न क्षेत्रमा हिमपात भएको छ ।

दार्चुलाको अपिहिमाल गाउँपालिका र व्यास गाउँपालिकाका विभिन्न स्थानसहित जिल्लाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको हो । हिमपातसँगै बढेको चिसोले अपिहिमाल क्षेत्रको जनजीवन प्रभावित भएको अपिहिमाल गाउँपालिकाका स्थानीय कमला बोहराले जानकारी गराइन । त्यस्तैगरी दार्चुलाकोे विभिन्न ठाउँमा हल्का वर्षा भएको उनले जानकारी गराइन । त्यसैगरी बाजुरामा आइतबार रातिदेखि वर्षासँगै हिमपात सुरु भएको उनले जानकारी गराइन ।

मौसम बदली भएर वर्षा सुरु भएसँगै लेकाली भेगमा हिमपात सुरु भएको उनले जानकारी गराइन । दार्चुलाको हिमाली गाउँपालिकाको बिच्छ्या, रुगीन, बाँधु, स्वामीकार्तिको जुकोट, जगन्नाथ गाउँपालिकाको गोत्री क्षेत्रमा हिमपात सुरु भएको वडा नम्बर ६ का स्थानीय जयप्रसाद पाण्डेले जानकारी गराए । त्यसैगरी गौमुलको दहकोट, मानाकोट, बूढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदहको काँडा, जयबागेश्वरी, बडीमालिका रजाली, मार्तडी, ढम्कने लगायत क्षेत्रका अग्ला भागमा हिमपातले डाँडा सेताम्मे भएको उनले जानकारी गराए ।

धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका, पोरखे लेक, कालाजग्रा, दह डाँडा, बडालेख, खप्तड राष्ट्रिय निकुञ्जमा पनि हिमपातले छोपेको उनले बताए । सदरमुकाम मार्तडी आसपासमा पनि हिमपात भएको बडीमालिका वडा नम्बर ३ का स्थानीय कमल रावलले जानकारी गराए । वर्षासँगै हिमपात भएपछि कृषक खुसी भएको उनले बताए । पानी नपर्दा गहुँ बाली सुक्न थालेका बेला वर्षा आएपछि किसानलाई राहत पुगेको कृषि ज्ञान केन्द्र बाजुराले जानकारी गराएको छ । त्यसैगरी डोटीमा यस वर्षको पहिलो पटक हिमपात भएको छ ।

डोटीको बडीकेदार गाँपालिका आसपासमा हल्का वर्षासँगै हिमपात भएको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले जानकारी गराए । उनले आइतबार बेलुकी देखि हल्का वर्षसँगै हिमपात भएको जानकारी गराए । उनले १ फिट भन्दा बढि हिउँ जमेको जानकारी गराए । वर्षा र हिमपात भएपछि बालीनालीका लागी सिँचाई भएको बताउदै उनले लगाउने बालीनालीका लागि अनुकूल वातावरण सिर्जना भएको बताए ।

जल तथा मौसम विज्ञान विभागले डोटीको पश्चिम सेती केन्द्रमा ६ घन्टाको अवधिमा १.८ र दिपायलमा १ मिलिमिटर वर्षा भएको जानकारी गराएको छ । वर्षा र हिमपातसँगै तापक्रम घट्दा जनजीवन प्रभावित भएको मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ