"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कालोपत्रेको पर्खाइमा ग्रामीण सडक

No data was found

Khabar Raftar

मंसिर २४ बाजुरा । बाजुराका नौ वटै स्थानीय तहमा रहेका प्रत्येक गाउँबस्तीका ग्रामीण सडक कालोपत्रेको पखाईमा रहेका छन । कालोपत्रे कुन तहको सरकारले गर्ने टुङ्गो नलागेकाले ग्रामीण सडक कालोपत्रेको पखाईमा रहेका हुन । पछिल्लो समय स्थानीय सरकारले स्थानीयको माग अनुसार गाउँमा सडक पु¥याउने काम गरे पनि सडक स्तरोन्नति गर्ने काम हुन सकेको छैन ।

No data was found

स्थानीयलाई यी सडकले दैनिक उपभोग्य सामग्री ढुवानी गर्नका लागि केही सहज बनाए पनि कालोपत्रे नहुँदा बर्खाको समय स्थानीयलाई आवत जावत गर्न सास्ती हुने गरेको छ । हिउँदका महिनामा भने केही सहज हुने गरेको छ । अधिकांश युवा काम गर्न भारतमा जाने र उनीहरूले पैसा कमाएर घर परिवारका लागि लुगाकपडा ल्याउने गरेका छन । पहिले गाउँमा सडक नहुँदा उनीहरुले भरिया मार्फत घरमा ल्याउने गरेको अबश्थामा अधिकांश गाउँबस्ती सडक सञ्जालको पहुँचमा आएसँगै अहिले उनीहरूले गाडीमा सामान राखेर घरमै ल्याउने गरेका छन ।

गाउँमा पुगेका कच्ची ग्रामीण सडकले स्थानीयले हिउँदमा केही सहज हुने गरेको भए पनि बर्खाको समय आवत जावत गर्न सास्ती खेप्नु परेको छ । बर्खाका बेला पानी परेका बेला सडक भत्किने गरेकाले समस्या हुने गरेको छ । स्थानीयलाई घरदेखि बजार र बजार देखि घरमा आवत जावत गर्नसमेत समस्या हुने गरेको बताईएको छ । पछिल्लो समय नौ वटै स्थानीय तहका सबै वडा ग्रामीण सडकको पहुँचमा भए पनि अहिले ती सडक कहिले कालोपत्रेको हुने होला भन्ने चर्चा गाउँघरमा हुन थालेको छ । सडक नहुँदा सामान पिठिउँमा बोकेर ल्याउनु पर्ने अबश्थामा अहिले गाउँमा सडक पुगे पछि ती सामान गाडीमा ल्याउने गरेको बताईएको छ ।

हिउँदको महिनामा गाउँमा पुगेका कच्ची सडकले केही सहज बनाए पनि कालोपत्रे नहुँदा बर्खाको समय गाडी पाउनु त के पैदल हिँड्न समेत समस्या हुने गरेको खप्तडछेडेदह गाउँपालीका वडा नम्बर–२ का रामपति रोकायाले बताए । उनले गाउँमा सडक पुगे पनि गाडी भने कहिले आउने कहिले नआउने गरेको बताए । कच्ची सडकमा ज्यानको जोखिम मोलेर गाडी चलाउनु पर्ने भएकाले गाडीहरु कहिले आउने कहिले नआउने गरेको उनले बताए ।

जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा, हिमाली, स्वामीकार्तिक, जगन्नाथ, बडीमालिका, गौमूल, बुढीगङ्गा, त्रिवेणी र खप्तडछेडेदह गाउँपालिकाका अधिकांश गाउँबस्ती पछिल्लो समय कच्ची सडकको पहुँचमा रहेका छन । यी सडकमा बर्खाको समयमा गाडी नगुडे पनि हिउँदका केही दिनमा भने छोटा दुरीका सवारीसाधन चल्ने गरेको उनले बताए । पुराना पुस्ताले पहिला खच्चड, भेडा र घोडाबाट गाउँमा दैनिक उपभोग्य सामग्री ढुवानी गर्दै आएको बताउदै उनले अहिलेका नयाँ पुस्ताले भने हिउँदको महिना केही दिन भए पनि ती सामग्री गाडीमै घरमा ल्याउने गरेको बताए ।

स्थानीय सरकारले पहिला गाउँबस्तीमा धमाधम कच्ची सडक निर्माण गर्ने गरे पनि अहिले सम्म भने ती सडकको स्तरोन्नति गर्ने काम नभएको उनले बताए । खप्तडछेडेदह गाउँपालिका वडा नम्बर–६ मा रहेको कच्ची सडकलाई यस वर्ष कालोपत्रे गरिने भएको छ भने अन्य वडामा पुगेका सडक कालोपत्रे गर्ने चरणमा रहेको खप्तडछेडेदह गाउँपालिकाले जनाएको छ । खप्तडछेडेदह गाउँपालिकाका उपाध्यक्ष बिसु नाथले गाउँमा कच्ची सडक पु¥याउने काम गरेको बताउदै अहिले ती गाउँमा पुगेका कच्ची सडकको स्तरोन्नति गर्ने योजना बनाएको जानकारी गराए ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ