"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कालोपत्रेको पर्खाइमा ग्रामीण सडक

Khabar Raftar

मंसिर २४ बाजुरा । बाजुराका नौ वटै स्थानीय तहमा रहेका प्रत्येक गाउँबस्तीका ग्रामीण सडक कालोपत्रेको पखाईमा रहेका छन । कालोपत्रे कुन तहको सरकारले गर्ने टुङ्गो नलागेकाले ग्रामीण सडक कालोपत्रेको पखाईमा रहेका हुन । पछिल्लो समय स्थानीय सरकारले स्थानीयको माग अनुसार गाउँमा सडक पु¥याउने काम गरे पनि सडक स्तरोन्नति गर्ने काम हुन सकेको छैन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

स्थानीयलाई यी सडकले दैनिक उपभोग्य सामग्री ढुवानी गर्नका लागि केही सहज बनाए पनि कालोपत्रे नहुँदा बर्खाको समय स्थानीयलाई आवत जावत गर्न सास्ती हुने गरेको छ । हिउँदका महिनामा भने केही सहज हुने गरेको छ । अधिकांश युवा काम गर्न भारतमा जाने र उनीहरूले पैसा कमाएर घर परिवारका लागि लुगाकपडा ल्याउने गरेका छन । पहिले गाउँमा सडक नहुँदा उनीहरुले भरिया मार्फत घरमा ल्याउने गरेको अबश्थामा अधिकांश गाउँबस्ती सडक सञ्जालको पहुँचमा आएसँगै अहिले उनीहरूले गाडीमा सामान राखेर घरमै ल्याउने गरेका छन ।

गाउँमा पुगेका कच्ची ग्रामीण सडकले स्थानीयले हिउँदमा केही सहज हुने गरेको भए पनि बर्खाको समय आवत जावत गर्न सास्ती खेप्नु परेको छ । बर्खाका बेला पानी परेका बेला सडक भत्किने गरेकाले समस्या हुने गरेको छ । स्थानीयलाई घरदेखि बजार र बजार देखि घरमा आवत जावत गर्नसमेत समस्या हुने गरेको बताईएको छ । पछिल्लो समय नौ वटै स्थानीय तहका सबै वडा ग्रामीण सडकको पहुँचमा भए पनि अहिले ती सडक कहिले कालोपत्रेको हुने होला भन्ने चर्चा गाउँघरमा हुन थालेको छ । सडक नहुँदा सामान पिठिउँमा बोकेर ल्याउनु पर्ने अबश्थामा अहिले गाउँमा सडक पुगे पछि ती सामान गाडीमा ल्याउने गरेको बताईएको छ ।

हिउँदको महिनामा गाउँमा पुगेका कच्ची सडकले केही सहज बनाए पनि कालोपत्रे नहुँदा बर्खाको समय गाडी पाउनु त के पैदल हिँड्न समेत समस्या हुने गरेको खप्तडछेडेदह गाउँपालीका वडा नम्बर–२ का रामपति रोकायाले बताए । उनले गाउँमा सडक पुगे पनि गाडी भने कहिले आउने कहिले नआउने गरेको बताए । कच्ची सडकमा ज्यानको जोखिम मोलेर गाडी चलाउनु पर्ने भएकाले गाडीहरु कहिले आउने कहिले नआउने गरेको उनले बताए ।

जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा, हिमाली, स्वामीकार्तिक, जगन्नाथ, बडीमालिका, गौमूल, बुढीगङ्गा, त्रिवेणी र खप्तडछेडेदह गाउँपालिकाका अधिकांश गाउँबस्ती पछिल्लो समय कच्ची सडकको पहुँचमा रहेका छन । यी सडकमा बर्खाको समयमा गाडी नगुडे पनि हिउँदका केही दिनमा भने छोटा दुरीका सवारीसाधन चल्ने गरेको उनले बताए । पुराना पुस्ताले पहिला खच्चड, भेडा र घोडाबाट गाउँमा दैनिक उपभोग्य सामग्री ढुवानी गर्दै आएको बताउदै उनले अहिलेका नयाँ पुस्ताले भने हिउँदको महिना केही दिन भए पनि ती सामग्री गाडीमै घरमा ल्याउने गरेको बताए ।

स्थानीय सरकारले पहिला गाउँबस्तीमा धमाधम कच्ची सडक निर्माण गर्ने गरे पनि अहिले सम्म भने ती सडकको स्तरोन्नति गर्ने काम नभएको उनले बताए । खप्तडछेडेदह गाउँपालिका वडा नम्बर–६ मा रहेको कच्ची सडकलाई यस वर्ष कालोपत्रे गरिने भएको छ भने अन्य वडामा पुगेका सडक कालोपत्रे गर्ने चरणमा रहेको खप्तडछेडेदह गाउँपालिकाले जनाएको छ । खप्तडछेडेदह गाउँपालिकाका उपाध्यक्ष बिसु नाथले गाउँमा कच्ची सडक पु¥याउने काम गरेको बताउदै अहिले ती गाउँमा पुगेका कच्ची सडकको स्तरोन्नति गर्ने योजना बनाएको जानकारी गराए ।

भर्खरै

भुमि आयोग कैलालीका अध्यक्ष उपाध्यायद्वारा पदभार ग्रहण
सुदूरपश्चिम प्रदेशमा कृषि भूमि घटे पनि उत्पादनमा बृद्धी
सहयोगी हातहरू समूहद्वारा मृगौला पीडितलाई सहयोग
कैलालीको अत्तरियाका अटोमा जनचेतनामुलक इस्टीगर
अत्तरिया उद्योग वाणिज्य संघका मनोनित सदस्य राखेर निर्णय नगर्न अन्तरिम आदेश
सुदूरपश्चिमकी पहिलो महिला सार्वजनिक सवारी चालक रविनालाई सम्मान
उत्पानमा जोडीएको नेकपाबाट सिकौ
कैलालीमा विद्यायालयको गेट भत्किदा एक जना विद्यार्थीको मृत्यु एक जना गम्भिर घाईते
बझाङका १२ मध्ये सात वटा पालिकामा आफ्नै भवनबाट सेवा प्रवाह
बैतडीको सिगास गाउँपालीकालाई शैक्षिक गुणस्तर परीक्षण प्रतिवेदन बुझाईयो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

ebdfbc84-6e15-4de9-8372-f4c829b417b1-1024x473

भुमि आयोग कैलालीका अध्यक्ष उपाध्यायद्वारा पदभार ग्रहण

dhan1111_sPq0COtCfX_20241018104444

सुदूरपश्चिम प्रदेशमा कृषि भूमि घटे पनि उत्पादनमा बृद्धी

Messenger_creation_2AA5E838-4357-42EA-8133-89ADAF0339F2

सहयोगी हातहरू समूहद्वारा मृगौला पीडितलाई सहयोग

1737727456154

कैलालीको अत्तरियाका अटोमा जनचेतनामुलक इस्टीगर

wanijya-sang

अत्तरिया उद्योग वाणिज्य संघका मनोनित सदस्य राखेर निर्णय नगर्न अन्तरिम आदेश

Rabina-Sammnit-1737693526

सुदूरपश्चिमकी पहिलो महिला सार्वजनिक सवारी चालक रविनालाई सम्मान

cropped-cropped-khabar-raftar-2.png

उत्पानमा जोडीएको नेकपाबाट सिकौ

death-pt2023-05-03-08-12-06

कैलालीमा विद्यायालयको गेट भत्किदा एक जना विद्यार्थीको मृत्यु एक जना गम्भिर घाईते