मंसिर २४ धनगढी । लागुऔषध सहित चार युवकलाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरबाट तीन जना र कैलालीबाट एक जना गरी ४ जना युवकलाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ ऐठपुरस्थित त्रिवेणी चोकबाट ३ सय ८० मिलिग्राम लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको जानकारी गराएको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ ऐठपुरका २३ वर्षीय राहुल डगौरा र २५ वर्षीय सञ्जु डगौरालाई लागुऔषध सहित पक्राउ पक्राउ गरेको प्रहरीले जानकारी गराएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरीले दुबै जनालाई लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।
त्यसैगरी भीमदत्त नगरपालिका वडा नम्बर ३ भाँसीबाट १ सय ४० मिलिग्राम लागुऔषध सहित सोही स्थानका ३० वर्षीय टेकराज जोशीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो ।
त्यसैगरी कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ९ खक्रोला पुल नजिकबाट पनि लागुऔषध सहित थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । १ ग्राम ९ सय ४० मिलिग्राम लागुऔषध सहित टीकापुर नगरपालिका वडा नम्बर ६ नारायणपुरका २० वर्षीय बिशाल चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई लागुऔषध सहित पक्राउ गरेको हो ।