"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

आवासीय विद्यालयले आगो बालेर पठन पाठन गर्दै

No data was found

Khabar Raftar

मंसिर २४ बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर ९ मा रहेको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजातीय आवासीय विद्यालयले आगो बालेर पठन–पाठन गर्न थालेको छ । गत आइतबार राती देखि यहाँ बाक्लो हिमपात सुरु भए पछि बालबालिकाहरुको पढाइमा असर नपर्ने गरी विद्यालयले बाहिर आगो बालेर बालबालिकाहरुलाई पठन–पाठन गर्न थालेको हो ।

No data was found

हिमपातका कारण बालबालिकाहरुको पढाइ प्रभावित हुने भए पछि अहिले आगो बालेर पढाउने गरेको विद्यालयले जानकारी दिएको छ । बाहिर बाक्लो हिमपात परिरहेको छ तर यहाँका बालबालिकाहरु भने हातहातमा किताव समातेर राम्रोसँग पढिरहेका छन् । हिमपातका कारण चिसो भए पछि आगो बालेर किताब पढ्ने गरेको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजातीय आवासीय विद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्र उमेश रावतले जानकारी गराए ।

उनले हिउँदको महिना धेरै सिचो हुने गरेको जानकारी गराए । आईतवार राती बाक्लो हिमपात परेको बताउदै उनले अहिले पनि निरन्तर हिउँ परिरहेको जानकारी गराए । उनले सधै यसै विद्यालयमा बस्ने र खाने गरिरहेको जानकारी गराए । उनले हिउँ परेको बेला चिसोले पढाइमा असर पर्ने भएकोले अहिले आगो बालेर पढ्ने गरेको जानकारी गराए ।

उनले हिउँ परेपनि नपरे पनि सधै चिसो हुने गरेको बताए । लामो समय सम्म हिउँ रहयो भने बालबालिकाहरुको पढाइ छुट्ने उनले जानकारी गराए । उनीहरुको पढाइ नछुट्ने गरी आगो बालेर पढाउँने गरेको सिद्धेश्वरी अनाथ विपन्न तथा विद्यालयका प्रधानाध्यापक तुला बहादुर रावतले जानकारी
गराए ।

उनले प्रायः सबै भोटे जनजातीका बालबालिकाहरु पढ्ने गरेको जानकारी गराउदै भोटे समुदायको पेशा प्रायः भेडापालन गर्ने भएकाले उनीहरु कहिले औल कहिले लेकमा आउने जाने गरेको बताए । जसका कारण उनीहरुका बालबालिकाहरुको पनि पढाइ छुट्ने गरेको उनले जानकारी गराए । उनले बालबालिकाहरुको पढाइमा असर नपर्ने गरी केही वर्ष देखि उनीहरुलाई यतै राखेर पढाउने गरेको जानकारी गराए ।

उनले उच्च हिमाली भेगमा पर्ने भएकाले पनि विगतका केही वर्ष पहिला धेरै हिउँ परेको जानकारी   गराए । त्यो हिउँ झण्डै एक हप्तासम्म पनि नबिलाएको उनले जानकारी गराए । त्यति बेला पनि विद्यालयमा आगो बालेर बालबालिकाहरुलाई पढाउने काम गरेको उनले जानकारी गराए ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ