"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

आवासीय विद्यालयले आगो बालेर पठन पाठन गर्दै

No data was found

Khabar Raftar

मंसिर २४ बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर ९ मा रहेको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजातीय आवासीय विद्यालयले आगो बालेर पठन–पाठन गर्न थालेको छ । गत आइतबार राती देखि यहाँ बाक्लो हिमपात सुरु भए पछि बालबालिकाहरुको पढाइमा असर नपर्ने गरी विद्यालयले बाहिर आगो बालेर बालबालिकाहरुलाई पठन–पाठन गर्न थालेको हो ।

No data was found

हिमपातका कारण बालबालिकाहरुको पढाइ प्रभावित हुने भए पछि अहिले आगो बालेर पढाउने गरेको विद्यालयले जानकारी दिएको छ । बाहिर बाक्लो हिमपात परिरहेको छ तर यहाँका बालबालिकाहरु भने हातहातमा किताव समातेर राम्रोसँग पढिरहेका छन् । हिमपातका कारण चिसो भए पछि आगो बालेर किताब पढ्ने गरेको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजातीय आवासीय विद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्र उमेश रावतले जानकारी गराए ।

उनले हिउँदको महिना धेरै सिचो हुने गरेको जानकारी गराए । आईतवार राती बाक्लो हिमपात परेको बताउदै उनले अहिले पनि निरन्तर हिउँ परिरहेको जानकारी गराए । उनले सधै यसै विद्यालयमा बस्ने र खाने गरिरहेको जानकारी गराए । उनले हिउँ परेको बेला चिसोले पढाइमा असर पर्ने भएकोले अहिले आगो बालेर पढ्ने गरेको जानकारी गराए ।

उनले हिउँ परेपनि नपरे पनि सधै चिसो हुने गरेको बताए । लामो समय सम्म हिउँ रहयो भने बालबालिकाहरुको पढाइ छुट्ने उनले जानकारी गराए । उनीहरुको पढाइ नछुट्ने गरी आगो बालेर पढाउँने गरेको सिद्धेश्वरी अनाथ विपन्न तथा विद्यालयका प्रधानाध्यापक तुला बहादुर रावतले जानकारी
गराए ।

उनले प्रायः सबै भोटे जनजातीका बालबालिकाहरु पढ्ने गरेको जानकारी गराउदै भोटे समुदायको पेशा प्रायः भेडापालन गर्ने भएकाले उनीहरु कहिले औल कहिले लेकमा आउने जाने गरेको बताए । जसका कारण उनीहरुका बालबालिकाहरुको पनि पढाइ छुट्ने गरेको उनले जानकारी गराए । उनले बालबालिकाहरुको पढाइमा असर नपर्ने गरी केही वर्ष देखि उनीहरुलाई यतै राखेर पढाउने गरेको जानकारी गराए ।

उनले उच्च हिमाली भेगमा पर्ने भएकाले पनि विगतका केही वर्ष पहिला धेरै हिउँ परेको जानकारी   गराए । त्यो हिउँ झण्डै एक हप्तासम्म पनि नबिलाएको उनले जानकारी गराए । त्यति बेला पनि विद्यालयमा आगो बालेर बालबालिकाहरुलाई पढाउने काम गरेको उनले जानकारी गराए ।

भर्खरै

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न
सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी
अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन
महाकाली कोरिडोर कालोपत्रे गरिँदै
कैलालीका लघुवित्त पीडित आन्दोलित
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि
लागूऔषध सहित २ जना पक्राउ
डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त
दार्चुलाको महाकाली नगरपालिकाको भवन नौ वर्षसम्म पनि बनेन
पर्यटकिए क्षेत्र प्राकृतिक डाडो कस्या टाकुरोमा नागरिक स्तरबाट सरसफाइ

धेरै कमेन्ट गरिएको

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Messenger_creation_3DA0740B-D931-4684-9E94-A011595E0570

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

hiralal-regmi

सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी

download (1)

अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन

download

महाकाली कोरिडोर कालोपत्रे गरिँदै

laghubitta-1024x497

कैलालीका लघुवित्त पीडित आन्दोलित

khd

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि

pakrau-1

लागूऔषध सहित २ जना पक्राउ

download (1)

डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त