"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

सांस्कृतिक कुरीति हटाउन बैतडीका दलित बस्तीमा ज्योतिष

Khabar Raftar

मंसिर २२ धनगढी । सांस्कृतिक कुरीति हटाउन धार्मिक अगुवा ज्योतिष पण्डितले दलित बस्तीमै पुगेर कर्मकाण्ड गरेका छन् । बनारसी धामका पुजारी एवं धार्मिक अगुवा ज्योतिष पं गणेशप्रसाद पन्तले सांस्कृतिक कुरीति हटाउन दलित बस्तीमै पुगेर कर्मकाण्ड गरेका हुन । शुक्रबार बैतडीको दशरथचन्द नगरपालिकाका गोविन्द परियारको घरको विधिवत् पूजापाठ गरी उनले घरको शिलान्यास गरेका हुन । लामो समय देखि काठमाडौँ बस्दै आएका अधिवक्ता समेत रहेका पूर्व प्रहरी उपरीक्षक गोविन्द परियारले समाजमा बिस्तारै जातीय विभेद हट्न थालेपछि गाउँ फर्केर घर निर्माण गरेको बताए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

दशरथचन्द नगरपालिका वडा नम्बर–८, त्रिपुरा पुर्ख्यौली घर भएका परियार नेपाल प्रहरीको उच्च पदमा पुग्ने सुदूरपश्चिम प्रदेशको पहिलो दलित हुन । स्नातकोत्तर र कानुन विषयमा एलएलबी अध्ययन गरेका परियार सेवा निवृत्त भएपछि कानुन व्यवसायीका रूपमा काम गर्दै आएका छन । परियारको घरको विधिवत् शिलान्यास पछि ज्योतिष पं गणेशप्रसाद पन्तले शुक्रबारको पूजा सहित अहिले सम्म १ सय २४ जना दलितको घरमा कर्मकाण्ड गरिसकेको बताए ।

सांस्कृतिक कुरीति हटाउन आचार्य कृष्ण दमाईलाई समेत जनैधारण गराइ सकेको ज्योतिष पं पन्तले बताए । शुक्रबार दशरथ चन्द नगरपालिकाको दलित बस्तीमा पुग्दा पं पन्तलाई स्थानीयले फूलमाला र अबिरले स्वागत गरेका थिए । घरको शिलान्यास पछि अधिवक्ता गोविन्द परियारले राज्यको उच्च ओहोदामा पुगेर पनि समाजमा जातीय विभेद खेप्नु पर्दा पुर्ख्यौली घर छाडेर जिल्ला बाहिर बस्नु परेको पीडा सुनाए ।

पीडाको अन्त्य हुने गरी धार्मिक गुरुबाट नयाँ कामको थालनी हुँदा खुसी भएको परियारले बताए । मानिस सामाजिक प्राणी भएको बताउदै उनले समाजमा सम्मान र समानता नभए धन, सम्पत्ति, घर, गाडी जस्ता कुराले खुसी दिन नसक्ने बताए । आफ्नो माटो र समाजमा फर्किन पाउँदा असाध्यै खुसी भएको बताए । दशरथ चन्द नगरपालिकामा बसाइ सराइका कारण गाउँबस्ती रित्तिँदै गइरहेका बेला गोविन्द परियार जस्तो उच्चपदस्थ व्यक्ति गाउँ फर्केर घर बनाउनु समाजका लागि निकै ठुलो उपलब्धि भएको स्थानीय अगुवा एवं पूर्व वडा सदस्य किसनसिंह गुरु क्षेत्रीले बताए ।

धर्म, संस्कृति, परम्परा समय सापेक्ष परिवर्तन र अनुकूलन हुँदै जानुपर्छ भन्ने कुरामा धार्मिक गुरु अग्रसर हुन थाले पछि परिवर्तनको सुरुवात भएको उने बताए । पाटन नगरपालिका वडा नम्बर–८, खोडपे, बैतडी निवासी ज्योतिष पण्डित पन्तले धार्मिक कुरीति हटाउन अहिलेसम्म २२ वटा सप्ताह, ११ वटा शिवपुराण, ५१ वटा लघु रुद्राभिषेक गरिसकेको बताए । धर्मग्रन्थमा दलित, महिला कसैलाई पनि जातीय, लैङ्गिक हिसाबले विभेद नगरिएको बताउँदै उनले समाजमा कायम रहेको छाउपडी प्रथा र जातीय विभेद हटाउन धार्मिक अगुवा एकजुट भएर लाग्नु पर्ने बताए ।

कानुनले समेत अपराध मानेका कुरा धार्मिक अगुवाले पनि हटाउनुपर्ने उनले बताए । सुदूरपश्चिमका सबै जिल्लामा अहिले पनि ब्राह्मणले दलित बस्तीमा गएर न्वारान, विवाह, व्रतबन्ध नगर्ने बताउदै उनले चिहान घाटमा समेत जातीय विभेद हुने गरेकाले यस्ता कुरीति हटाउने अभियानमा आफैँ लागेको जानकारी गराए ।

दलितको घरमा धार्मिक कार्य गर्दै आइरहेको बताउदै पन्तले सन्या पूजामा अथर्व वेदको उच्चारण गरेर यो दलितको वेद हो भन्दै भुईँमा पानी खसाल्ने गलत काम भइरहेको बताए । अथर्व वेदकै ज्ञानले मोबाइल, रेडियो, टिभी, गाडी र हवाईजहाज बनाएको बताउदै उनले सबैले त्यसको उपभोग गरिरहेकोबताए । त्यही वस्तु निर्माण गर्ने शिल्पकारमाथि विभेद गरिरहेको बताउदै उनले यस्ता कुरीति हटाउनु पर्ने बताए ।

भर्खरै

भुमि आयोग कैलालीका अध्यक्ष उपाध्यायद्वारा पदभार ग्रहण
सुदूरपश्चिम प्रदेशमा कृषि भूमि घटे पनि उत्पादनमा बृद्धी
सहयोगी हातहरू समूहद्वारा मृगौला पीडितलाई सहयोग
कैलालीको अत्तरियाका अटोमा जनचेतनामुलक इस्टीगर
अत्तरिया उद्योग वाणिज्य संघका मनोनित सदस्य राखेर निर्णय नगर्न अन्तरिम आदेश
सुदूरपश्चिमकी पहिलो महिला सार्वजनिक सवारी चालक रविनालाई सम्मान
उत्पानमा जोडीएको नेकपाबाट सिकौ
कैलालीमा विद्यायालयको गेट भत्किदा एक जना विद्यार्थीको मृत्यु एक जना गम्भिर घाईते
बझाङका १२ मध्ये सात वटा पालिकामा आफ्नै भवनबाट सेवा प्रवाह
बैतडीको सिगास गाउँपालीकालाई शैक्षिक गुणस्तर परीक्षण प्रतिवेदन बुझाईयो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

ebdfbc84-6e15-4de9-8372-f4c829b417b1-1024x473

भुमि आयोग कैलालीका अध्यक्ष उपाध्यायद्वारा पदभार ग्रहण

dhan1111_sPq0COtCfX_20241018104444

सुदूरपश्चिम प्रदेशमा कृषि भूमि घटे पनि उत्पादनमा बृद्धी

Messenger_creation_2AA5E838-4357-42EA-8133-89ADAF0339F2

सहयोगी हातहरू समूहद्वारा मृगौला पीडितलाई सहयोग

1737727456154

कैलालीको अत्तरियाका अटोमा जनचेतनामुलक इस्टीगर

wanijya-sang

अत्तरिया उद्योग वाणिज्य संघका मनोनित सदस्य राखेर निर्णय नगर्न अन्तरिम आदेश

Rabina-Sammnit-1737693526

सुदूरपश्चिमकी पहिलो महिला सार्वजनिक सवारी चालक रविनालाई सम्मान

cropped-cropped-khabar-raftar-2.png

उत्पानमा जोडीएको नेकपाबाट सिकौ

death-pt2023-05-03-08-12-06

कैलालीमा विद्यायालयको गेट भत्किदा एक जना विद्यार्थीको मृत्यु एक जना गम्भिर घाईते