"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि

Khabar Raftar

मंसिर १७ बाजुरा । सुदूरपश्चिम प्रदेशको बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि भएको छ । एचआइभी नयाँ संक्रिमत हुने दर घटेको भए पनि बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि भएको हो । जनचेतनाको विकास, परीक्षणको सुविधा तथा औषधी सेवनको पहुँच विस्तारले संक्रिमत दर घटेको भए पनि बाजुरामा बढेको तथ्याकले देखाएको हो । सुदूरपश्चिम प्रदेशमा यस वर्ष एक लाख ११ हजार बढीमा परीक्षण गर्दा २ सय १८ जनामा एचआइभी संक्रमण पुष्टि भएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

प्रदेशका १७ वटा ठाउँबाट एचआइभी संक्रमितलाई औषधी वितरण गरिँदै आएको छ । प्रदेशभर एआरटी उपचारमा ३ हजार ७ सय २३ जना संक्रमित रहेका छन् । सुदूरपश्चिममा आर्थिक वर्ष २०८०÷८१ सम्म एचआइभी संक्रमितको अनुमानित संख्या ४ हजार २ सय ६५ रहेको छ । जसमध्ये ४ हजार ९ जनामा एचआइभी संक्रमण पत्ता लागेको छ भने उपचारको दायरमा ३ हजार ७ सय २३ जना संक्रमित मात्रै आएका छन् ।

स्वास्थ्य निर्देशनालय डोटीको तथ्याङ्कले संक्रमित मध्ये एक हजार ९ सय २० जनाको भाइरल लोड सप्रेसको अवस्था रहेको छ । तर पनि विगतका वर्षको तुलनामा नयाँ संक्रमित हुने दर घटेको निमित्त स्वास्थ्य निर्देशक डाक्टर खगेन्द्र बमले बताए । आर्थिक वर्ष २०८०÷८१ मा २ सय १८ जना नयाँ संक्रमित मध्ये पुरुष १ सय २९, महिला ८५ र एक जना यौनिक अल्ससंख्यक रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा संक्रमण पुष्टि भएकामध्ये २ सय १४ जना मात्रै नियमित उपचारमा दर्ता भएका छन् । यस वर्ष ६४ जना संक्रमितको एड्सका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा ४० जना पुरुष, २३ जना महिला र एक जना यौनिक अल्पसंख्यक छन् । त्यसैगरी एचआइभी संक्रमितको संख्या सबैभन्दा बढी कैलालीमा देखा परेको छ । कैलालीमा एक हजार ७ सय ४५ जना संक्रमित छन् ।

कैलाली पछि दोस्रो बढी संक्रमित भएको जिल्ला अछाममा ५ सय ८४ जना संक्रमित छन भने डोटीमा ४ सय ९३ जना संक्रमित छन् । त्यसैगरी, कञ्चनपुरमा ४ सय ६० जना संक्रमित छन् । बैतडीमा १ सय २८, डडेल्धुरामा १ सय १५, बझाङमा ९१, बाजुरामा ६२ तथा सबैभन्दा कम दार्चुलामा ४५ जना संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

जनचेतना र उपचारको सहज उपलब्धताले नयाँ संक्रमण हुने दर घटेको निमित्त स्वास्थ्य निर्देशक बमले बताए । त्यसैगरी एचआइभी संक्रमण हुन नदिन सबै स्वास्थ्य संस्थामा गर्भवती आमाको अनिवार्य एचआइभी परीक्षण गर्ने व्यवस्था गरिएको छ । ९ जिल्लामा २१ वटा एचआइभी जाँच तथा परामर्श सेवा केन्द्र खोलिएका छन ।

साथै ९० प्रतिशत संक्रमित जीवन बिमामा समेत दर्ता भएका छन् । सुदूरपश्चिममा एचआइभी संक्रमितहरूले जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रहरूबाट एआरटी सेवा पाउने व्यवस्था गरिएको छ । सबैभन्दा बढी संक्रमित रहेको कैलालीमा भने चार ठाउँबाट एआरटी सेवा दिने गरिएको छ । सेती प्रादेशिक अस्पताल, मालाखेती अस्पताल, टीकापुर अस्पताल र लम्कीबाट एचआइभी संक्रमितहरूले औषधी पाउने व्यवस्था गरिएको छ ।

भर्खरै

भुमि आयोग कैलालीका अध्यक्ष उपाध्यायद्वारा पदभार ग्रहण
सुदूरपश्चिम प्रदेशमा कृषि भूमि घटे पनि उत्पादनमा बृद्धी
सहयोगी हातहरू समूहद्वारा मृगौला पीडितलाई सहयोग
कैलालीको अत्तरियाका अटोमा जनचेतनामुलक इस्टीगर
अत्तरिया उद्योग वाणिज्य संघका मनोनित सदस्य राखेर निर्णय नगर्न अन्तरिम आदेश
सुदूरपश्चिमकी पहिलो महिला सार्वजनिक सवारी चालक रविनालाई सम्मान
उत्पानमा जोडीएको नेकपाबाट सिकौ
कैलालीमा विद्यायालयको गेट भत्किदा एक जना विद्यार्थीको मृत्यु एक जना गम्भिर घाईते
बझाङका १२ मध्ये सात वटा पालिकामा आफ्नै भवनबाट सेवा प्रवाह
बैतडीको सिगास गाउँपालीकालाई शैक्षिक गुणस्तर परीक्षण प्रतिवेदन बुझाईयो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

ebdfbc84-6e15-4de9-8372-f4c829b417b1-1024x473

भुमि आयोग कैलालीका अध्यक्ष उपाध्यायद्वारा पदभार ग्रहण

dhan1111_sPq0COtCfX_20241018104444

सुदूरपश्चिम प्रदेशमा कृषि भूमि घटे पनि उत्पादनमा बृद्धी

Messenger_creation_2AA5E838-4357-42EA-8133-89ADAF0339F2

सहयोगी हातहरू समूहद्वारा मृगौला पीडितलाई सहयोग

1737727456154

कैलालीको अत्तरियाका अटोमा जनचेतनामुलक इस्टीगर

wanijya-sang

अत्तरिया उद्योग वाणिज्य संघका मनोनित सदस्य राखेर निर्णय नगर्न अन्तरिम आदेश

Rabina-Sammnit-1737693526

सुदूरपश्चिमकी पहिलो महिला सार्वजनिक सवारी चालक रविनालाई सम्मान

cropped-cropped-khabar-raftar-2.png

उत्पानमा जोडीएको नेकपाबाट सिकौ

death-pt2023-05-03-08-12-06

कैलालीमा विद्यायालयको गेट भत्किदा एक जना विद्यार्थीको मृत्यु एक जना गम्भिर घाईते