मंसिर १७ कञ्चनपुर । नदीजन्य पदार्थको अबैध रुपमा उत्खनन गर्ने ८ वटा ट्याक्टर सहित ८ जना चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नदीजन्य पदार्थको अबैध रुपमा उत्खनन् गर्ने ८ वटा ट्याक्टरसहित ८ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले ट्याक्टर चालक मानबहादुर डगौरा, प्रेम थापा, सुरेश नेपाली, सुकदेव राना, रोशन चौधरी, शिवलाल राना, विष्णु पन्त र दिपेश डगौरालाई पक्राउ गरेको जानकारी गराए ।
प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले बेदकोट नगरपालिका वडा नम्बर ५ र ६ को सीमाना घुर्सुवा घाटबाट अवैध रुपमा ढुङगा उत्खनन गर्दै गरेका ८ वटा ट्याक्टर र ८ जना चालकलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी गराए ।
Post Views: 14