"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा

Khabar Raftar

मंसिर १७ अछाम । सुदूरपश्चिम प्रदेशको समृद्धिसँग जोडिएको सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा भईरहेको छ । आर्थिक वर्ष २०६५÷६६ बाट निर्माण कार्य सुरु गरिएको सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा भईरहेको हो । सुदूरपश्चिम प्रदेशको विकासमा फड्को मार्ने अपेक्षा गरिएको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना निर्माणको काम सुस्त गतिमा भइरहेको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भारतसँग जोडिएको कैलालीको टीकापुरस्थित तीकुने नाका हुँदै बौनियाबाट डोटी, अछाम, बाजुरा, बझाङको चैनपुर हुँदै तिब्बतको ताक्लाकोट सम्म जोड्ने उक्त सडक सुस्त गतीमा भईरहेको हो । नेपाल–भारत–चीन जोड्ने बहुउपयोगी उक्त सडक निर्माण गर्न दक्षिणखण्ड र उत्तरीखण्ड गरी दुई भागमा विभाजन गरिएको छ ।

लोकमार्गको दक्षिण खण्ड अन्तर्गत अछाम तर्फको ८० किलोमिटर, बाजुरा १२ किलोमिटर, डोटी ४० किलोमिटर र कैलालीको ७२ किलोमिटर सहित दुई सय चार किलोमिटरसडक खण्ड रहेको छ । जसमध्ये अछाममा ५७ किलोमिटर र कैलालीमा ७० किलोमिटर सहित एक सय २७ किलोमिटर ट्र्याक खोलिएको आयोजनाले जानकारी गराएको छ ।

अछाम खण्डको २३ र कैलालीको दुई किलोमिटर, डोटीको ४० र बाजुराको १२ किलोमिटर ट्याक खोल्न बाँकी रहेको छ । सडक विभागले बजेट सुनिश्चित्ता नगर्दा र दक्षिणीतर्फको डोटी खण्डको ४० किमी ट्र्याक खोल्न रूख कटानको आदेश नआउदा निर्माणको काम अवरुद्ध भएको थियो । हालै मन्त्रिपरिषद्बाट रुख कटानको आदेश आए पछि चालु आर्थिक वर्षमा काम अगाडि बढाइने सेती लोकमार्ग दक्षिण खण्ड टीकापुर–लोडे–चैनपुर सडक योजना कार्यालय साँफेबगरका प्रमुख वीरेन्द्रबहादुर चन्दले जानकारी दिए ।

यस लोकमार्गमा आवश्यक केही प्रस्तावित पक्की पुलमध्ये कैलालीतर्फ एउटा पुलको निर्माण कार्य सम्पन्न भएको छ भने दुई वटा पुल निर्माणाधीन अवस्थामा रहेका छन । त्यस्तै अछामतर्फ एउटा पुलको निर्माण कार्य सम्पन्न भएको छ भने थप एउटा पुलका लागी बोलपत्र जारी गर्ने प्रक्रिया अगाडी बढाईएको छ । उत्तरी खण्ड अन्तर्गत बझाङ जिल्लामा एक सय २८ किलोमिटर सडक पर्दछ । कैलाली खण्डमा १४ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का भइसकेको छ भने अछाम खण्डमा तीन किलोमिटर कालोपत्र भइसकेको छ ।

यस लोकमार्गको कुल लम्बाइ तीन सय ५९ किलोमिटर रहेको छ । चालु आर्थिक वर्षका लागि उत्तरी र दक्षिणी खण्ड गरी ७० करोड बजेट विनियोजन गरिएको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको सेती लोकमार्गको १ सय ४४ किलोमीटर पहिलो पटक एक टोलीले पैदलयात्रा गरेर अवलोकन गरेको छ । सडक योजना कार्यालय साँफेबगरका प्रमुख वीरेन्द्र बहादुर चन्दको टोलीले हालै साँफेबगर देखि कैलाली सम्मको एक सय ४४ किमी यात्रा गरेर सडक खण्डको वस्तुस्थित बुझेको हो । यो दूरी पार गर्न प्राविधिक टोलीले छ दिन लगाएको बताईएको छ ।

पहिलोपटक स्थलगत अवलोकन गरी दक्षिण खण्ड भित्रपर्ने सडक र पुलको अवस्थाबारे जानकारी लिइएको प्रमुख चन्दले बताए । सेती लोकमार्ग निर्माण भए सुदूरपश्चिम प्रदेशको विकासमा टेवा पुग्ने उनले बताए । यहाँको पर्यटकीय क्षेत्रमा पनि उल्लेखनीय टेवा पुग्ने बताउदै उनले यसले नेपालको चार धाम मध्येको वैद्यनाथ धाम क्षेत्र, खप्तड लगायत क्षेत्रको प्रवर्द्धन तथा सहज पहुंँचमा सहयोग पुग्ने     बताए । त्यसैगरी भारतबाट मानसरोवर क्षेत्र जाने तीर्थयात्रीहरूलाई पनि सहज हुने उनले बताए ।

भर्खरै

भुमि आयोग कैलालीका अध्यक्ष उपाध्यायद्वारा पदभार ग्रहण
सुदूरपश्चिम प्रदेशमा कृषि भूमि घटे पनि उत्पादनमा बृद्धी
सहयोगी हातहरू समूहद्वारा मृगौला पीडितलाई सहयोग
कैलालीको अत्तरियाका अटोमा जनचेतनामुलक इस्टीगर
अत्तरिया उद्योग वाणिज्य संघका मनोनित सदस्य राखेर निर्णय नगर्न अन्तरिम आदेश
सुदूरपश्चिमकी पहिलो महिला सार्वजनिक सवारी चालक रविनालाई सम्मान
उत्पानमा जोडीएको नेकपाबाट सिकौ
कैलालीमा विद्यायालयको गेट भत्किदा एक जना विद्यार्थीको मृत्यु एक जना गम्भिर घाईते
बझाङका १२ मध्ये सात वटा पालिकामा आफ्नै भवनबाट सेवा प्रवाह
बैतडीको सिगास गाउँपालीकालाई शैक्षिक गुणस्तर परीक्षण प्रतिवेदन बुझाईयो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

ebdfbc84-6e15-4de9-8372-f4c829b417b1-1024x473

भुमि आयोग कैलालीका अध्यक्ष उपाध्यायद्वारा पदभार ग्रहण

dhan1111_sPq0COtCfX_20241018104444

सुदूरपश्चिम प्रदेशमा कृषि भूमि घटे पनि उत्पादनमा बृद्धी

Messenger_creation_2AA5E838-4357-42EA-8133-89ADAF0339F2

सहयोगी हातहरू समूहद्वारा मृगौला पीडितलाई सहयोग

1737727456154

कैलालीको अत्तरियाका अटोमा जनचेतनामुलक इस्टीगर

wanijya-sang

अत्तरिया उद्योग वाणिज्य संघका मनोनित सदस्य राखेर निर्णय नगर्न अन्तरिम आदेश

Rabina-Sammnit-1737693526

सुदूरपश्चिमकी पहिलो महिला सार्वजनिक सवारी चालक रविनालाई सम्मान

cropped-cropped-khabar-raftar-2.png

उत्पानमा जोडीएको नेकपाबाट सिकौ

death-pt2023-05-03-08-12-06

कैलालीमा विद्यायालयको गेट भत्किदा एक जना विद्यार्थीको मृत्यु एक जना गम्भिर घाईते