"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा

No data was found

Khabar Raftar

मंसिर १७ अछाम । सुदूरपश्चिम प्रदेशको समृद्धिसँग जोडिएको सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा भईरहेको छ । आर्थिक वर्ष २०६५÷६६ बाट निर्माण कार्य सुरु गरिएको सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा भईरहेको हो । सुदूरपश्चिम प्रदेशको विकासमा फड्को मार्ने अपेक्षा गरिएको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना निर्माणको काम सुस्त गतिमा भइरहेको हो ।

भारतसँग जोडिएको कैलालीको टीकापुरस्थित तीकुने नाका हुँदै बौनियाबाट डोटी, अछाम, बाजुरा, बझाङको चैनपुर हुँदै तिब्बतको ताक्लाकोट सम्म जोड्ने उक्त सडक सुस्त गतीमा भईरहेको हो । नेपाल–भारत–चीन जोड्ने बहुउपयोगी उक्त सडक निर्माण गर्न दक्षिणखण्ड र उत्तरीखण्ड गरी दुई भागमा विभाजन गरिएको छ ।

लोकमार्गको दक्षिण खण्ड अन्तर्गत अछाम तर्फको ८० किलोमिटर, बाजुरा १२ किलोमिटर, डोटी ४० किलोमिटर र कैलालीको ७२ किलोमिटर सहित दुई सय चार किलोमिटरसडक खण्ड रहेको छ । जसमध्ये अछाममा ५७ किलोमिटर र कैलालीमा ७० किलोमिटर सहित एक सय २७ किलोमिटर ट्र्याक खोलिएको आयोजनाले जानकारी गराएको छ ।

अछाम खण्डको २३ र कैलालीको दुई किलोमिटर, डोटीको ४० र बाजुराको १२ किलोमिटर ट्याक खोल्न बाँकी रहेको छ । सडक विभागले बजेट सुनिश्चित्ता नगर्दा र दक्षिणीतर्फको डोटी खण्डको ४० किमी ट्र्याक खोल्न रूख कटानको आदेश नआउदा निर्माणको काम अवरुद्ध भएको थियो । हालै मन्त्रिपरिषद्बाट रुख कटानको आदेश आए पछि चालु आर्थिक वर्षमा काम अगाडि बढाइने सेती लोकमार्ग दक्षिण खण्ड टीकापुर–लोडे–चैनपुर सडक योजना कार्यालय साँफेबगरका प्रमुख वीरेन्द्रबहादुर चन्दले जानकारी दिए ।

यस लोकमार्गमा आवश्यक केही प्रस्तावित पक्की पुलमध्ये कैलालीतर्फ एउटा पुलको निर्माण कार्य सम्पन्न भएको छ भने दुई वटा पुल निर्माणाधीन अवस्थामा रहेका छन । त्यस्तै अछामतर्फ एउटा पुलको निर्माण कार्य सम्पन्न भएको छ भने थप एउटा पुलका लागी बोलपत्र जारी गर्ने प्रक्रिया अगाडी बढाईएको छ । उत्तरी खण्ड अन्तर्गत बझाङ जिल्लामा एक सय २८ किलोमिटर सडक पर्दछ । कैलाली खण्डमा १४ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का भइसकेको छ भने अछाम खण्डमा तीन किलोमिटर कालोपत्र भइसकेको छ ।

यस लोकमार्गको कुल लम्बाइ तीन सय ५९ किलोमिटर रहेको छ । चालु आर्थिक वर्षका लागि उत्तरी र दक्षिणी खण्ड गरी ७० करोड बजेट विनियोजन गरिएको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको सेती लोकमार्गको १ सय ४४ किलोमीटर पहिलो पटक एक टोलीले पैदलयात्रा गरेर अवलोकन गरेको छ । सडक योजना कार्यालय साँफेबगरका प्रमुख वीरेन्द्र बहादुर चन्दको टोलीले हालै साँफेबगर देखि कैलाली सम्मको एक सय ४४ किमी यात्रा गरेर सडक खण्डको वस्तुस्थित बुझेको हो । यो दूरी पार गर्न प्राविधिक टोलीले छ दिन लगाएको बताईएको छ ।

पहिलोपटक स्थलगत अवलोकन गरी दक्षिण खण्ड भित्रपर्ने सडक र पुलको अवस्थाबारे जानकारी लिइएको प्रमुख चन्दले बताए । सेती लोकमार्ग निर्माण भए सुदूरपश्चिम प्रदेशको विकासमा टेवा पुग्ने उनले बताए । यहाँको पर्यटकीय क्षेत्रमा पनि उल्लेखनीय टेवा पुग्ने बताउदै उनले यसले नेपालको चार धाम मध्येको वैद्यनाथ धाम क्षेत्र, खप्तड लगायत क्षेत्रको प्रवर्द्धन तथा सहज पहुंँचमा सहयोग पुग्ने     बताए । त्यसैगरी भारतबाट मानसरोवर क्षेत्र जाने तीर्थयात्रीहरूलाई पनि सहज हुने उनले बताए ।

भर्खरै

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह
सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति
झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै
कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ
कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक
सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु
अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन
बझाङमा पहिलो दिन जिल्ला भरी १ हजार ४ सय ९७ जना किशोरीहरूले एचपीभी खोप लगाए
जनतालाई लोकतन्त्रको आभाष दिलाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

3dfda76b-dbcc-4552-b82b-a9d3cb850467

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह

seti

सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति

1569924424jhulaghat_pul_iRWwQNXJcW

झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै

4f3c25d5-7547-4a80-a6e4-b3883a9f5db2

कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ

dd67d801-c1cc-41a5-9e25-b0fbcfebf629

कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक

59b3bb9f-6df6-4010-b49c-2276c6109907

सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

c016550e-fbc1-437f-a759-8119de0f3620

अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

cd03b2f6-2a2c-442d-a1d7-7d8a492a71bf

बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन