"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनगढीका थप ५ सय ७६ पोलमा स्ट्रिप लाइट जडान हुने

No data was found

Khabar Raftar

कार्तिक २० धनगढी । धनगढीका थप ५ सय ७६ पोलमा स्ट्रिप लाइट जडान हुने भएको छ । मोहनापुल–अत्तरिया ६ लेन सडक सहितका ३ सय १६ पोलमा स्ट्रिप लाइट जडान गरेको उपमहानगरपालिकाले थप ५७६ पोलमा स्ट्रिप लाइट जडान गर्ने भएको हो । धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’का लागि ८० लाख बजेट विनियोजन गरेको छ ।

No data was found

सहर सौन्दर्यीकरण अन्तर्गत स्मार्ट स्ट्रिट लाइट जोडेको पोलमा स्ट्रिप लाइट लगाइने भएको हो । धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ अभियान अन्तर्गत स्मार्ट स्ट्रिट जडान गरेका सबै पोलहरूमा स्ट्रिप लाइट जडान गर्ने भएको हो । नगरलाई सुन्दर र उज्यालो बनाउनको लागि स्ट्रिप लाइट जडान गरिने भएको धनगढी उपमहानगरपालिकाले बताएको छ ।

हाल सम्म धनगढी–अत्तरिया ६ लेन सडक र क्याम्पस चोक–जनआवाज चोक सम्मका २ सय ४० पोल र १ सय ६० ट्री–गार्डमा स्ट्रीप लाइट जडान गरिएको छ । उपमहानगरले क्षेत्रीय सहरीले निर्माण गरेको धनगढीका सबै सडकका थप ५ सय ७६ पोलमा स्ट्रिप लाइट जडान गरिने विद्युत् शाखा प्रमुख इन्जिनियर किसन कुमार शाहले बताए ।

उपमहानगरको ‘उज्यालो धनगढी’ अभियान मार्फत् रात्रिकालीन यात्रालाई सुरक्षित र सहज बनाउन तथा व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्य रहेको उनले बताए । हाल सम्म त्रिनगर भन्सार देखि ६ लेन सडकको गोदावरी नगरपालिकाको सिमाना सम्म, हुलाकी सडक अन्तर्गत क्याम्पस चोक देखि जनआवाज चोकसम्म, धनगढी विमानस्थल चोकदेखि विमानस्थलसम्म, सहिद गेटदेखि क्याम्पस चोकसम्म, कैलाली पुलदेखि ट्राफिक चौराहसम्म, हसनपुर सडकलगायतका क्षेत्रमा सडक बत्ती जडान गरी झलमल्ल बनाइएको छ ।

यी सडकमा थप झिलिमिली बनाउन ८० लाखको लागतमा स्ट्रिप लाइट जडान हुने इन्जिनियर शाहले बताए । सहर सौन्दर्यीकरण कार्यक्रम अन्तर्गत उपमहानगरले आफ्नै खर्चमा स्ट्रिप लाइट लगाउने उनले बताए । पहिलो चरणमा चौराहा देखि कैलाली पुल र डिभोटी चोक देखि पार्क चोक सम्म ७६ पोलमा स्ट्रिप लाइट जडान गरिएको छ ।

धनगढीको प्रवेशद्वार भन्सार गेटमा फ्लड लाइट र स्ट्रिप लाइट तथा १४० ट्रि गार्डमा स्ट्रिप लाइट जडान गरिएको छ । अब जडान हुने स्ट्रिप लाइटमा पनि राष्ट्रिय झण्डामा प्रयोग हुने निलो, रातो र सेतो रंग प्रयोग गरिने छ । ८० लाख बजेटमा सहिदगेट– क्याम्पस चोक सडक, हसनपुर–जाई सडक, गुल्म–सन्तोषी टोल सडक र मालपोत सडकमा स्ट्रिप लाइट जडान गरिने इन्जिनियर शाहले बताए ।

हालसम्म नगरक्षेत्रका ३० ठाउँमा हाइमास्ट लाइट जडान गरी सञ्चालनमा ल्याइसकेको छ । १९ वटै वडाको आर्थिक चहलपहल हुने ठाउँको चोकमा हाइमास्ट लाइट राखिएको छ भने वडाको आर्थिक गतिविधि हुने क्षेत्रमा थप बत्ती जडान गरिने बताइएको छ ।

भर्खरै

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न
सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी
अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन
महाकाली कोरिडोर कालोपत्रे गरिँदै
कैलालीका लघुवित्त पीडित आन्दोलित
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि
लागूऔषध सहित २ जना पक्राउ
डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त
दार्चुलाको महाकाली नगरपालिकाको भवन नौ वर्षसम्म पनि बनेन
पर्यटकिए क्षेत्र प्राकृतिक डाडो कस्या टाकुरोमा नागरिक स्तरबाट सरसफाइ

धेरै कमेन्ट गरिएको

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Messenger_creation_3DA0740B-D931-4684-9E94-A011595E0570

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

hiralal-regmi

सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी

download (1)

अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन

download

महाकाली कोरिडोर कालोपत्रे गरिँदै

laghubitta-1024x497

कैलालीका लघुवित्त पीडित आन्दोलित

khd

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि

pakrau-1

लागूऔषध सहित २ जना पक्राउ

download (1)

डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त