कार्तिक २० धनगढी । कैलालीको धनगढीमा हुने छठ पूजाका लागि तयारी पुरा भएको छ । छठ पूजाका लागि धनगढीको मोहना नदी किनारामा आवश्यक तयारी पुरा भएको हो ।
मंगलबार आयोजक श्री छठ पूजा सेवा समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै छठमा पूजा गर्न आउने भक्तालुका लागि धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको मोहना घाटमा टेन्ट निर्माण, बिजुली बत्ती र रातिका लागि जाग्रमस्थल निर्माण कार्य पुरा भएको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष सन्तोष मण्डलले मोहना घाटमा हरेक वर्ष पूजा गर्ने भक्तालुको सङ्ख्या बढ्ने क्रममा रहेको उनले बताए । उनले छठ पूजाका लागि धनगढी बजारका मुख्य स्थानमा स्वागत गेट निर्माण गरिएको अध्यक्ष मण्डलले बताए ।
मोहना घाटबाट हजारौँ श्रद्धालुले सूर्यलाई जल चढाउने उनले बताए । अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई जल चढाउनुका साथै छठी मैयाको पूजा आराधना छठ पर्वको मुख्य विशेषता रहेको छ ।
छठी पूजाको परम्परा महाभारत काल देखि सुरु भएको विश्वास गरिन्छ । सूर्य पुत्र कर्णले भगवान् सूर्यलाई हरेक बिहान जलमा उभिएर अर्घ्य दिन्थे भन्ने कुरा महाभारतमा वर्णन गरिएको छ ।