असोज २१ धनगढी । नेपालीहरुको महान पर्ब दशैको मुखमा पहाड जाने बसको टिकट पाउन सकस हुने गरेको छ । दशैमा अधिकांश मानीसहरु घर जाने भएकाले पहाड जाने बसको टिकट पाउन सकस हुने गरेको हो । बाजुराका रोहन रेग्मीले दशैका लागी घर जाने टिकट नपाएको गुनासो गरे । आइतबार दिउँसो टिकट काटन् धनगढी बसपार्क पुगेको बताउदै उनले टिकट नपाएको बताए ।
धनगढी बसपार्कमा रहेका सबै यातायात प्रालिका काउण्टरहरु धाएको बताउदै रेग्मीले बसको टिकट पाउन निकै सकस भएको बताए । अछाम र बाजुराका लागि २३ गते सम्म टिकट प्याक भएको बताउने गरेको जानकारी गराउदै उनले अन्य बसमा जादा साढे १६ सय टिकट लाग्ने बताए । आफु सँगैका दुई जनाले े टिकट पाए पनि आफुले टिकट नपाएको उनले बताए । टिकट नपाए पछि अन्य एक्सट्रा बसमा घर जाने निर्णय गरेको रेग्मीले बताए ।
१५ गतेबाट टिकट काटन बसपार्क आइरहेको बताउदै उनले अहिले सम्म टिकट नपाउको गुनासो गरे । सोमबार अन्य बसमा जाने साच बनाएको रेग्मीले बताए । रेग्मी जस्तै दार्चुलाको गोकुलेश्वरका आशिष बोहराले गोकुलेश्वर जाने टिकट नपाएको गुनासो गरे । असोज १८ र १९ गते घर जाने सोच्च बनाएको बताउदै उनले अहिलेसम्म टिकट नपाएको बताए । ‘२२ गते सम्म टिकट प्याक भएको जवाफ पाएको बताउदै उनले दशैँको समयमा टिकट नपाए पछि बाइकमै जाने सोच बनाएको बताए । त्यसैगरी अछामका शंकर कठायतले पनि बसको टिकट नपाएको गुनासो गरे ।
बुधबारका लागि बसको टिकट खरिद गर्र्न आइतबार बिहान धनगढी बसपार्कमा पुुगेको बताउदै उनले साँझसम्म पनि टिकट नपाएको बताए । बसको टिकट नपाए पछि जीपमा जाने सोच बनाएको उनले बताए । असोज १५ गते देखि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको भए पनि यात्रुहरुले टिकट पाउन सकस हुने गरेको छ ।
सुन्दर सुदूरपश्चिम यातायात प्रालिका कोषाध्यक्ष गोविन्दबहादुर शाहले अग्रिम टिकट काट्दा सबै यात्रुहरुले टिकट पाउने गरी सहज रुपले वितरण गरिरहेको बताए । यात्रुहरुको चापलाई मध्यनजर गर्दै बसहरु थप गरेर यात्रुहरुलाई गन्तव्य तर्फ पठाइरहेको उनले बताए । बसहरुले यात्रुहरुबाट भाडादर महँगो लिएको पाइएमा कारबाही गर्ने समेत उनले बताए ।
उनले बाटोका कारणले गर्दा राति गन्तव्य तर्फ जानुपरेको खण्डमा समेत बसहरुलाई पठाउन सकिने व्यवस्था मिलाएको बताए । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक राजिव बहादुर बस्नेतले चाडपर्व लक्षित प्रदेशका ३६ वटा स्थानमा यात्रु सहायता कक्षको स्थापना गरेर ५७ जना ट्राफिक प्रहरी परिचालन गरी जनचेतना जगाउने लगायत चेकजाँचको कामहरु गरिरहेको जानकारी गराए ।
दुर्घटना न्यूनिकरणका लागि प्रदेशभरी दुई सय १९ जना ट्राफिक प्रहरी परिचालन गरिएको उनले जानकारी गराए । तराई र पहाड गरेर प्रदेशका सबै जिल्लाहरुमा टाइमिङ कार्ड लागु गरिएको जानकारी गराउदै उनले विभिन्न स्थानमा चेक पोष्टहरु राखेर सवारी साधनको क्षमता लगायत यात्रुहरुको टिकट चेकजाँच गर्ने कार्य भईरहेको बताए ।
दुर्घटना न्यूनिकरण गर्नका लागि दुर्घटना सम्बन्धी सवारी चालक लगायत यात्रुहरुलाई जनचेतना फैलाउने कामहरु गरिरहेको जानकारी गराउदै उनले टिकट काउण्टरमा सवारी साधनको क्षमता भन्दा बढी टिकट काटेको पाइएमा कारवाही समेत गरिने जानकारी गराए ।