"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कृषीलाई आधुनीक रुपमा विकास गरौ

No data was found

Khabar Raftar

हामी परम्परागत रुपमा कृषी गर्दै आएका छौ । त्यसैले उत्पादनमा बृद्धी गर्न सकिरहेका छैनौ । उत्पादनमा जोडीएका भए पनि परम्परागत बालीको संरक्षण गर्न सकेका छैनौ । अधिकांश बालीहरु लोप हुने अबश्था आएको छ । कृषीलाई आधुनीकिरण गर्दै उत्पादनलाई जोड दिन जरुरी छ । डोटीको जोरायल गाउँपालिकाले बास्मती धान उत्पादनका लागि बादी समुदायका घर परिवारलाई जमिन भाडामा लिएर दिएको छ ।

No data was found

परम्परा देखि नै नाचगान गर्ने पेशामा आबद्ध बादी समुदायको पेशा सङ्कटमा पर्न थाले पछि हातमुख जोर्न समस्या भएकाले उनीहरुलाई कृषीसंग जोड्न बास्मती धान उत्पादनका लागि जमिन भाडामा लिएर दिने काम आफैमा असल कार्य हो । परम्परा देखि विवाह, ब्रतबन्ध, चाडपव र मेलामा नाच गान गरेर जिवन निर्वाह गर्दै आएका बादी समुदायका व्यक्तिहरुलाई कृषीमा लाग्न प्रेरित गर्न खोजीएको छ । घर परिवार पाल्न उनीहरुलाई कृषीसंग जोड्ने उदेश्यले जमीन उपलब्ध गराईएको छ ।

जोरायल गाउँपालिकाले स्थानीय व्यक्तिबाट जमिन भाडामा लिएर बादी समुदायका १० घरपरिवारलाई हंसराज बास्मती धान उत्पादनका लागि उपलब्ध गराउनु सकारात्मक कार्य हो । विपन्न वर्गका व्यक्तिहरुका लागि आय आर्जनमा सहज होस् भन्ने उद्देश्यले सामुदायिक खेती प्रणाली अन्तर्गत आर्थिक बर्ष २०७५÷०७६ देखि नै वार्षिक रुपमा प्रति रोपनी १५ हजारका दरले ७५ हजार रुपियाँ जमिनको भाडा बाफत पालीकाले दिदै आएको छ ।

नियमित रुपमा खेती गर्ने जमिन पनि नभएका बादी समुदायका व्यक्तिहरुलाई बिहान बेलुका के खाने भन्ने चिन्ताले सताउने गरेको अबश्थामा जमिनको भाडा आफै तिरेर गाउँपालिकाले ब्याबश्था गर्नु महत्वपूर्ण कार्य हो । यसबाट थोरै भए पनि बादी समुदायका व्यक्तिहरुलाई राहत भएको छ । जोरायल गाउँपालिका उदाहरणीय बनेको छ ।

डोटीको जोरायल क्षेत्र हंसराज बास्मती धान उत्पादन हुने क्षेत्रका रुपमा चिनिने क्षेत्र भएकाले बादी समुदायलाई बास्मती धान उत्पादन गर्न गाउपालीकाले प्ररित गर्नु गौरवको विषय हो । आफ्नो जमिन नभएका बादी समुदायलाई पालिकाले जमीन उपलब्ध गराएर आम्दानीको बाताबरण बनाई दिएको    छ ।

पालिकाले उपलब्ध गराएको जमिनमा कृषी कर्म गरेर बादी समुदायले समयाअनुसार कृषी उत्पादन गरेर आम्दानी गर्ने गरेका छन । अझै कृषीलाई आधुनीक रुपमा विकास गरी उनीहरुलाई आत्म निर्भर बनाउन जरुरी छ ।

भर्खरै

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न
सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी
अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन
महाकाली कोरिडोर कालोपत्रे गरिँदै
कैलालीका लघुवित्त पीडित आन्दोलित
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि
लागूऔषध सहित २ जना पक्राउ
डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त
दार्चुलाको महाकाली नगरपालिकाको भवन नौ वर्षसम्म पनि बनेन
पर्यटकिए क्षेत्र प्राकृतिक डाडो कस्या टाकुरोमा नागरिक स्तरबाट सरसफाइ

धेरै कमेन्ट गरिएको

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Messenger_creation_3DA0740B-D931-4684-9E94-A011595E0570

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

hiralal-regmi

सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी

download (1)

अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन

download

महाकाली कोरिडोर कालोपत्रे गरिँदै

laghubitta-1024x497

कैलालीका लघुवित्त पीडित आन्दोलित

khd

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि

pakrau-1

लागूऔषध सहित २ जना पक्राउ

download (1)

डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त